गए राति हराएको मोटरसाइकल सहित दुई समातिए

फागुन १२, गौरीगञ्ज । मँगलबार राति हराएको मोटरसाइकल सहित दुई जना पक्राऊ परेकाछन् । पक्राउ पर्नेहरुमा गौरादह ८ का अर्जुन पराजुली र गौरादह ७ का देवराज माझी रहेको कुरा इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ । उनिहरुलाइ गए राति करिब १० बजेको समयमा गौरादह ८ जुरोपानी चोकदेखि केहि पुर्वबाट हराएको मोटरसाइकल सहित पक्राउ गरिएको हो ।
गए राति करिब ८:१५ बजे तिर गौरीगञ्ज ६ खजुरगाछी स्थित साना किसान सहकारी नजिकै बाट मे १७ प ८१६४ नँबरको कालो रँगको पल्सर मोटरसाइकल चोरी भएको थियो । मोटरसाइकल धनी मनोज राजवँशीले प्रहरी लाइ खबर गरे लगतै मोटरसाइकल खोजिका लागि प्रहरी सक्रिय भएका थिए ।

अघिल्लो लेखमासाँसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला
अर्को लेखमानेपाल शिक्षक संघ गौरीगञ्जको दोश्रो र तेश्रो प्रतिनिधि सभा सम्पन्न