साउन २८ झापा । पौडि खेल्ने क्रममा स्थानिय धोद्रामारी खोलामा डुवेर गौरीगञ्ज ३ तेलकानीका एक किशोरको ज्यान गएको छ । साथिहरु सँग पौडि खेल्न जाने क्रममा स्थानिय १७ बर्षका मनिष श्रेष्ठ धोद्रामारी खोलामा डुबेको र स्थानिय तथा आफन्तहरुले थाहा पाएर उद्दार गरि अस्पताल लैजाने क्रममा बाटोमा उनको मृत्यु भएको कुरा अस्पताल श्रोतलाइ उद्रित गर्दै इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।
मृतकको शबलाइ पोस्ट मार्टमका लागि पुरानो आम्दा दमकमा राखिएको कुरा इप्रका गौरीगञ्जका प्रहरी निरिक्षक गणेश भट्टराइले जनाएकाछन् ।
प्रतिक्रिया लेख्नुहोस्