• मंसिर ३, २०८०
  • Madan Rajbanshi
  • 0

मँसिर ३ गौरीगञ्ज । झापा गोल्डकपको आयोजनामा हुन लागेको प्रथम झापा लिगको अन्तर पालिका नकआउट फुटबल प्रतियोगितमा गौरीगञ्ज गाउँपालिकाको सहभागिता देखिएको छैन । हिजो २ गते आयोजकले सार्वजनिक गरेको खेल तालिकामा झापाका १५ पालिका मध्ये १४ पालिका सहभागि भएको देखिएको छ भने गौरीगञ्ज गाउँपालिका को नाम नै छैन ।


फुटबलको उर्वर भूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले झापा गोल्डकपको आयोजना र ओम साई अस्पतालको टाइटल स्पोन्सरमा आयोजना हुन लागेको अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेल हल्दिबारी गाउँपालिका र बिर्तामोड नगरपालिकाबीच हुने प्राविधिक संयोजक भगिरथ आलेले बताएका छन् ।


झापाका १५ पालिका मध्ये १४ वटा पालिका र आयोजकको भद्रपुर ब्लेजर्स टिम गरी प्रतियोगितामा १५ वटा टिमले प्रतिस्पर्धा गर्ने छन् । गौरीगञ्ज गाउँपालिका भने सहभागी भएन । गौरीगञ्ज गाउँपालिकाले प्रतियोगितामा टिम सहभागी नगराएकोमा गौेरीगञ्जका युवा तथा खेलप्रेमी हरुले गौरीगञ्जका जनप्रतिनिधि हरुको आलोचना गरेका छन् । तरुण दल गौरीगञ्जका सभापति दिलिप राजवंशी एलेक्सले सामाजिक सञ्जालमा प्रतियोगिताको टाइसििट पोष्ट गर्दै लेखेका छन् – कहि नभाका जात्रा गौरीगंजमा ? गौरीगंज को टिम सहभागी न हुनु अत्यन्त दुखद कुरा । यो खेलाडी दाजु भाइ र हामी तरुण माथि को ठुलो प्राहार हो । यस्को घोर बिरोध गर्दछौ ।

त्यसैगरी नेबिसँघ सभापति रोशन यादबले लेखेका छन् – अब त अति भयो, गौरीगन्ज गाउँपालिका ले खेल र यहाँ का खेलाडी प्रति गरीएको यो हर्कत एक्दमै खेदजनक छ। गौरीगन्ज गापा ले यस्तो हर्कत देखाउन बन्द गर्नु पर्यो। गौरीगन्ज युवा ताते गाह्रो होला जन्ताले चुनिएका तर जन्ता सङ्ग अलिकति पनि मतलब न राख्नु भएको हाम्रा महान जनप्रतिनिधि ज्युहरु बेलैमा सुध्रिनु होस ।
अर्का युवा तिलक राजवंशी लेख्छन् – अहिले सम्म गौरीगन्ज गा पा ले खेलकुद मा लगानी गरेको रकम पानी मा बगायो । पराजित हुनु अघि नै गौरीगन्ज गा पा का जनप्रतिनिधि खेल मैदान बाट भागे जसले खेलाडि लाइ निरास बनाए ।
युवा खेलाडी रञ्जित राजवंशी लेख्छन् – अहिले आएर के गुनासो गर्नु खेलाडीहरू जब कि चुनाव को बेला मा मासु भात र बियर मा बिके पछि। हुन त हो , एक दिन तिमिहरूले मासु भात खायौ अब प्रतिनिधि को पालो हो। खेलाडी हरुलाई लाई खेलाडी होइन खेलौना सरहको व्यवहार भइराखेकोछ ।


यस बारे जानकारी लिन गौरीगञ्ज गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत खेमराज थापालाई सम्पर्क गर्दा उनले यसबारे आफुलाई जानकारी नभएको बताए । त्यसैगरी युवा तथा खेलकुद हेर्ने सामाजिक विकास समिति सँयोजक कार्तिक लाल राजवँशी सँय यस बिषयमा जानकारी लिन फोन गर्दा सम्पर्क हुन सकेन । यसबारे अन्य वडाध्यक्ष हरुले नि अनभिज्ञता जनाएका छन् । यद्यपि आजोजकले झापाका १५ बटै पालिकामा मेल पठाएको तर गौरीगञ्ज गाउँपालिका बाट जवाफ नआएको जनाएका छन् । एक वडाध्यक्ष भन्छन् – यो प्रतियोगिता बारे अधिकृत र अध्यक्ष ले कुनै पनि बैठकमा कुरा नै उठाएन ।

हिजो गोल्डकपको सचिवालय भद्रपुरस्थित मेची रंगशालामा प्रतियोगितामा सहभागी पालिकाका प्रतिनिधिको उपस्थितिमा खेल तालिका सार्वजनिक गरिएको थियो ।


अघिल्लो फागुनमा भव्यताका साथ भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता सम्पन्न गरेको भद्रपुर झापा गोल्डकपले यही मंसिर ७ गतेदेखि झापा लिग गर्न लागेको हो । प्रतियोगिताको फाइनल खेल मंसिर २४ गते हुनेछ । झापा गोल्डकप कोशी प्रदेशकै सबैभन्दा धेरै पुरस्कार राशीको फुटबल प्रतियोगिता हो ।


भद्रपुरको मेची रंगशालामा हुने झापा लिग १८ दिनसम्म सञ्चालन हुनेछ । प्रतियोगिता फिफा विश्वकपको ढाँचामा खेलाइने अध्यक्ष दिपेश ढकालले जानकारी दिए ।