नेपाल आयल निगमले पेट्रोलियम पदार्थ सहित इन्धनको मुलय बढाएको छ । निगमले जारी गरेको सुचना अनुसार पेट्रोलमा प्रति लिटर रु ४ डिजेल मट्टितेलमा प्रति लिटर रु २ र खाना पकाउने एलपी ग्याँसमा प्रति सिलिण्डर रु १५ रुपैयाले मुलय बढाएको हो


नयाँ मुल्य सुची अनुसार अब पहिलो बर्ग अर्थात बिराटनगर चारआली जनकपुर अमलेखगञ्ज नेपालगञ्ज धनगढी र बिरगञ्ज आसपासका क्षेत्रमा पेट्रोल प्रति लिटर रु १ सय ६७ रुपैया ५० पैसा र डिजेल मट्टीतेल प्रतिलिटर रु १ सय ५५ रुपैया रएलपी ग्याँस प्रति सिलिण्डर रु १ हजार ९ सय १० रुपैया काउम गरिएको छ । त्यसै गरि दोश्रो बर्ग अर्थात सुर्खेत र दाङ आसपास का क्षेत्रमा पेट्रोल प्रति लिटर रु १ सय ६९ रुपैया डिजेल मट्टितेल प्रति लिटर रु १ सय ५७ रुपैया र एलपी ग्याँस प्रति सिलिण्डर रु १ हजार ९ सय १० तथा तेश्रो बर्ग अर्थात काठमाण्डौ पोखरा र दिपायल आसपासका क्षेत्रमा पेट्रोल प्रतिलिटर रु १ सय ७० रुपैया डिजेल मट्टीतेल प्रतिलिटर रु १ सय १८ रुपैया र खाना पकाउने एलपी ग्याँस प्रति सिलिण्डर रु १ हजार ९ सय १० कायम गरिएको छ । नयाँ मुलय सुची आज बुधबार मध्य रात देखि लागु हुने जनाइएको छ ।