
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै शुक्रबार राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको साबिक बिक्री मूल्यमा ३ रुपैयाँले वृद्धि गरिएको हो ।
जसअनुसार अब पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १३३, डिजेल–मट्टितेलको मूल्य प्रतिलिटर ११६ पुगेको छ भने खाना पकाउने ग्यासको प्रतिसिलिण्डर ५० रुपैयाँ मूल्य वृद्धि भएको छ । योसँगै खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १५ सय पुगेको निगमले जनाएको छ ।