खराब मौसमका कारण छैन दसैँको रौनक : भोलिपनि पानी पर्ने

पढ्न समय: 1 मिनेट
ad


असोज १७, गौरीगञ्ज । बिहानै देखि मौसम प्रतिकुल भइ पानी पर्दा गौरीगञ्जमा नबमीको चहलपहल औषत भन्दा धटेको छ । गौरीगञ्जका दुर्गा मन्दिर हरुमा गत वर्ष हरुमा जस्तो भक्तजु हरुको घुइँचो देखिएन । बिहान केहि बेर पानी रहेपछी मन्दिर हरुमा भिड देखिएपनि दिनै भरि मन्दिर हरु माभिड भएन ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हालः मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेको र आज प्रदेश नं १, मधेस प्रदेश तथा बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदलीरहेको जनाएको छ। अहिले गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका केही भूभाग तथा बाँकी प्रदेशहरुका थोरै स्थानमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

- Advertisement -
Ad image

महाशाखाका अनुसार आज राति पनि बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा थोरै र प्रदेश नं १, मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। विजया दशमीको दिन भोलि पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान गरिएको छ। विजया दशमीको दिन भोलि पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान गरिएको छ।

Ad
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्