खजुरगाछी युवासँघ द्वारा गौरीगञ्जमा मास्क बितरण तथा सचेतना कार्यक्रम

पढ्न समय: 1 मिनेट


१६ भदौ गौरीगञ्ज । खजुरगाछी युवासँघ नामक सँस्थाले गौरीगञ्जमा कोरोना भाइरस बिरुद्ध सचेतना तथा मास्क बितरण गरेको छ । मँगलबार बिहान वडा नँ ६ को हलमा एक औपचारिक कार्यक्रमको आयोजना गरि कोरोना भाइरस सँबन्धी सचेतना मुलक जानकारी दिएकाथिए भने चोक बजारमा गइ सर्वसाधारण हरुलाइ मास्क समेत बितरण गरेको थियो । सँस्थामा अध्यक्ष रोशन यादबको सभापतित्व मा र वडा नँ ६ का वडाध्यक्ष बद्री नारायण यादबको प्रमुख आतिथ्यमा सम्पन्न सचेतना कार्यक्रममा वक्ताहरुले कोरोनासँक्रमणको लक्षण, कारण र बच्ने उपायहरुका वारेमा जानकारी गराएका थिए । सँस्थाकी सदस्य गोमा भुजेलले स्वागत मन्तब्य राखेकी थिइन् । सँस्थामा बजार भरी सचेतना मुलक माइकिङ् सहित मास्क बितरण गरेको थियो ।

मास्क बितरण गर्दै सँस्थाका सदस्य
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्