खजुरगाछी माविमा किशोरी सशक्तिकरण समुह गठन

असार १५ गौरीगञ्ज । गौरीगञ्ज ६ स्थित खजुरगाछी माद्यमिक विद्यालयमा २५ सदस्यीय किशोरी शसक्तिकरण समुह गठन गरिएको छ ।

फोकल पर्सन मा वि शिक्षक मुना दाहालको अगुवाईमा तथा कक्षा १० की छात्रा सेबिका बराल संयोजकत्वमा किशोरी सशक्तिकरण समुह गठन भएको कुरा बिद्यालयले जनाएको छ । समुहमा कक्षा ९ की छात्रा अस्मिता राजवंशी सहसंयोजक, कक्षा १० की पार्वती हास्दा सचिब, कक्षा ९ कि अंकिता अर्जल सहसचिब र कक्षा १० कि आयुशा सुवेदी कोषाध्यक्ष पदमा चयन भएको कुरा बिद्यालयले जनाएको छ । समुहमा अन्य २० जना मा वि तहका छात्राहरु सदस्यका रुपमा चयन गरि २५ सदस्य समुह विधान अनुरूप गठन गरिएको हो।

अघिल्लो लेखमाऔषधी पसल सञ्चालिकाले सुइ लाउदा बिरामीको मृत्यु भएको महतो परिवारको आरोप
अर्को लेखमा१३ जना सदस्यहरु द्वारा गौरीगञ्जमा पुन गाउँसभा सञ्चालनको माग