
फागुन ७, गौरीगञ्ज । ७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवस को उपलक्ष्यमा गौरीगञ्ज चोकमा दिप प्रज्वलन गरिएको छ । खजुरगाछी गौरीगञ्ज समाजसेवी युवा सँघको अगुवाइमा दिप प्रज्वलन गरिएको हो ।
सामुहिक राष्ट्रिय गान गाएर शुरु गरिएको दिप प्रज्वलन कार्यक्रम मा प्रजातन्त्र ल्याउन सहादत्त प्राप्त गर्नुभएका ज्ञात अज्ञात सहिदहरुप्रति मौन धारण समेत गरिएको थियो ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रमुख राकेश रेग्मी नेपाली काँग्रेसका महासमिति सदस्य तथा पुर्व गाबिस अध्यक्ष घनश्याम रिजाल लगायत सुरक्षाकर्मीहरु, स्थानिय हरु तथा समाजसेवी युवा सँघका सदस्य हरुको उपस्थित रहेको थियो ।

गौरीगञ्ज गाउँपालिका ले हिजो एक बिदाको सुचना जारी गर्दै प्रजातन्त्र दिवस को उपलक्ष्यमा दिपावली गर्न आग्रह गरेपनि आज स्वयं गौरीगञ्ज गाउँपालिका ले दिपावली गरेन । खजुरगाछी गौरीगञ्ज समाजसेवी युवा सँघको आयोजनामा गरिएको दिप प्रज्वलन कार्यक्रम मा समेत कुनै जनप्रतिनिधि हरुको उपस्थित थिएन । यो समाचार तयार पार्दासम्म गौरीगञ्ज गाउँपालिका को कार्यालय मा समेत दिपावली गरिएको थिएन भने कुनै जनप्रतिनिधि हरुले समेत आआफ्ना घरमा दिप बालेका थिएनन् ।