कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई बर्खास्त गर्दै सर्वोच्च अदालतले ४८ घण्टामा पुर्व मुख्य मन्त्री हिक्मत कुमार कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायधीश सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले यस्तो परमादेश दिएको हो । अब उनै कार्की पुनः कोशी प्रदेशको मुख्यमन्त्रीमा दोस्रो कार्यकालका लागि नियुक्त हुनेछन् ।
यद्यपि परमादेश बाट मुख्यमन्त्री नियुक्त भएपनि कार्की नेतृत्वको सरकारले पनि बिश्वासको मत पाउने सँभावना अत्यन्तै न्युन देखिएको छ ।