कोशी प्रदेशको बजेट, ३६ अर्ब २४ करोड ३५ लाख

पढ्न समय: 1 मिनेट

जेठ ३२, बिराटनगर । कोशी प्रदेशले आगामी आर्थिक वर्ष २०८१/८१ को लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजारको बजेट ल्याएको छ ।

प्रदेश सरकारकले यो बजेट अध्यादेश मार्फत ल्याएको हो ।

आर्थिक मामिला मन्त्रालयको सभाहलमा मुख्य मन्त्री हिक्मत कार्कीले पेस गरेको बजेट मध्ये चालू खर्च १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार छ । पुँजीगततर्फ १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार हुँदा वित्तीय व्यवस्थापन एक अर्ब रहेको छ ।

त्यस्तै स्थानीय तहको अनुदानमा ३ अर्ब ६० करोड २९ लाख रकम विनियोजन गरेको हो। प्रदेश संरचनाको निर्माणपछि कोशी प्रदेशले पहिलो पटक अध्यादेश मार्फत बजेट ल्याएको हो ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्