कोशी प्रदेशका मुख्यमन्त्री कार्कीबाट गौरिगञ्जको दुर्गा मन्दिर उद्घाटन

माघ २१ गौरीगञ्ज । गौरीगञ्ज ३ बुधबारे बजार स्थित नब निर्मित दुगा मन्दिरको आज बिधिबत उद्घाटन गरिएको छ । कोशी प्रदेश सरकारको मुख्य मन्त्री माननिय हिक्मत कुमार कार्कीले शिलालेख अनावरण तथा रिवन काटेर मन्दिरको उद्घाटन गरेका हुन् । उनले मन्दिरमा प्रतिस्थापन गरिएका नबनिर्मित मुर्तीहरुको समेत अनावरण गरेका छन् ।

मन्दिर ब्यवस्थापन समितीका अध्यक्ष सुनिल कुमार दासको सभापतित्व र कोशी प्रदेश मुख्य मन्त्री हिकमत कुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको समुद्घाटन समारोहमा सँबिधानसभा सदस्य दीपक कार्कीऽ गौरीगञ्ज गाउँपालिका प्रमुख फुलबती राजवँशी उपप्रमुख पुजन न्यौपाने कुँवरऽ निवर्तमान प्रमुख बाबुराजा श्रेष्ठ निवर्तमान उपप्रमुख दीपेन्द्र थापा मुर्तीदाता तथा शिक्षासेवी डा कबिराज बान्तवा लगायतको उपस्थिती रहेको थियो । गत माघ १७ गते शोभा कलश यात्रा गरि पुर्णाहुति सहित आज बिधिबत रुपमा ति मुर्तीहरुको प्राणप्रतिष्ठा गरिएको थियो ।


१९८० को दशकमा तत्कालिन आठमौजा क्षेत्रका शासक तथा जिम्दार लोकनाथ चौधरी र अर्का जिम्दार टिकालाल ताजपुरियाले गौरीगञ्ज वजार स्थापना गराएसँगै १९९० साल ताका सो स्थानमा दुर्गा मन्दिर स्थापना गरेको र सो मन्दिर पहिला खरले छाएको र पछि काठ तथा जस्ता पाताले छाएर २०७० साल सम्म आइपुग्दा पक्की सँरचनाको आवश्यक्ता महसुस गरि सो स्थानमा पुराणको आयोजना गरि केहि स्थानिय दाता प्रदेश सरकार र स्थानिय सरकारको सहयोगमा अहिले भब्य र आकर्षक पक्की मन्दिरको निर्माण गरिएको कुरा निर्माण समितीका सदस्य राम नारायण दासले बताएका छन् ।


कार्यक्रममा बोल्दै मुर्तीदाता तथा शिक्षासेवी डा कबिराज बान्तवाले सो मन्दिरको एतिहासिक महत्व रहेको र आफुले सो एतिहासिक मन्दिरमा सँगमरमरको मुर्ती दान गर्न पाउँदा आफुलाइ सौभाग्यशाली ठानेको बताएका छन् । उनले मन्दिरको धार्मिक र पर्यटकीय महत्व बढाउन ब्यवस्थापन समितीले सरसफाइ लगायतका कुरामा बिशेष ध्यान दिनु पर्ने बताएका छन् । उनले सो मन्दिरका लागि हर तरहले सहयोग गर्न आफु जतिखेर पनि तयार रहेको कुरा बताएका छन् ।


कार्यक्रममा बोल्दै वडा नँ ३ का वडाध्यक्ष श्रवण गिरीले कोशी प्रदेश सरकार स्थानिय सरकार र स्थानिय बासीहरुको सहयोगमा भब्य मन्दिर बनेकोमा सबैलाइ धन्यबाद दिदै मन्दिरको आँगनमा ब्लकको काम तथा हरियाली उद्यान र साधना केन्द्रको कमी महसुस भएकाले सो निर्माण कार्यका लागि कोशी प्रदेशका मुख्य मन्त्रीको ध्यानाकर्षण गराएका थिए । त्यस्तै गाउँपालिका प्रमुख फुलबती राजवँशीले पनि मन्दिर निर्माण समिती तथा सहयोगी सबैलाइ धन्यबाद दिदै आवश्यक कमीकमजोरी कार्यहरुलाइ पुर्ती गर्नका लागि कोशी प्रदेश सरकारले आवश्यक बजेट बिनियोजन गर्न समेत ध्यानाकर्षण गराएका थिए ।

त्यस्तै मुख्य मन्त्री कार्कीले कार्यक्रममा बोल्दैःमन्दिर अत्यन्तै आकर्षक र भब्य बनेकोमा खुशी ब्यक्त गर्दै आउदो दिनमा सो मन्दिरले गौरीगञ्जकव धार्मिक पर्यटनलाइ बढावा दिने कुरामा बिश्वस्त रहेको बताएका थिए । उनले मन्दिरमा बाँकी रहेका अधुरा कामहरुका लागि आवश्यक योजना प्रस्ताव लिएर आए आफुले प्रदेश सरकारका तर्फबाट आवश्यक बजेट बिनियोजन गर्ने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा सँबिधानसभा सदस्य दीपक कार्कीले समेत शुभकामना तथा धन्यवाद मन्तब्य राखेका थिए । कार्यक्रममा किरात समुदाय र नेवार समुदायको सँस्कृती झल्कीने झाँकीहरु प्रस्तुत गरिएको थियो भने मुर्तीदाता चन्दा दाता तथा सहयोगीहरुलाइ सम्मान समेत गरिएको थियो ।