माघ १६ गौरीगञ्ज । लायन्स क्लब अफ दमकगौरीगञ्जगाउँपालिकामा को सँयुक्त आयोजनामा गौरीगञ्ज २ स्थित कोरोबारी स्वास्थ्य चौकी मा महिला हरुको पाठेघरको क्यान्सर सँबन्धी एक दिने शिबिर सम्पन्न भएको छ ।

शिबिरबाट ६५ जना महिला लाभान्बित भएको कुरा स्वास्थ्य शाखा गौरीगञ्जका प्रमुख तथा शिबिर सँयोजक रामचन्द्र मिश्र ले जनाएका छन् । शिबिरमा आएका ६५ वटा केस मध्ये १ जनामा क्यान्सरको जोखिम देखिएको कुरा उनले बताएका छन् । शिबिरमा प्राथमिक स्वास्थ्य केन्द्र गौरीगञ्ज र गौरीगञ्ज गाउँपालिका अन्तर्गत का विभिन्न स्वास्थ्य सँस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मी हरुले प्राबिधिक सहयोग गरेका थिए । शिबिरमा गाैराीगञ्ज गाउपालिका तथा लायन्सक्लव अफ दमक लखनपुर, लायन्सक्लव अफ दमक एक्टिभ, लायन्स क्लव अफ दमक गरिमा, लायन्स क्लव अफ दमक धनेश्वर र लियाे क्लव काे सहकार्य रहेको थियो ।

स्वास्थ्य चौकी मा बिहान एक कार्यक्रमको आयोजना गरि शिबिर सञ्चालन गरिएको थियो । लायन्स क्लब अफ दमक एकका प्रेसिडेन्ट बिन्दा खनालकोे सभापतित्वमा भएको कार्यक्रममा गौरीगञ्ज गाउँपालिकाको तर्फबठ अध्यक्ष बाबुराजा श्रेष्ठ, वडा नँ २ का वडाध्यक्ष अघनु प्रसाद राजवंशी, कार्यपालिका सदस्य जेठा मुर्मु लगायतको उपस्थिति थियो भने लायन्स क्लब का तर्फबाट प्रमोद दाहाल, हेमसागर अधिकारी, अजय अग्रवाल लगायतको सहभागिता रहेको थियो ।