कार्तिक १५ गौरीगञ्ज । धरान स्थित बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा झापा गौरीगञ्जकाका एक काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा गैरिगञ्ज ६ खजुरगाछीका ७३ वर्षीय पुरूष रहेकाे प्रतिष्ठानका सह-प्रवक्ता डा. आशिष श्रेष्ठ ले बताएका छन् । उनलाइ असोज २९ गते उपचारका लागि बिराटनगर स्थित नोबेल अस्पतालमा भर्ना हुदा स्वाब परीक्षण पश्चात कोनोना सँक्रमण पुष्टी भएको थियो । सरकारले कोरोना उपचार खर्च बिरामीले आफै बेहोर्नु पर्ने गरि नियमावली सँशोधन गरेपछी नोबेलको आइसियुमा उपचाररत उनि कार्तिक ५ गते गौरीगञ्ज गाउँपालिका ले निर्माण गरेको कोभिड अस्पतालमा भर्ना भएका थिए । गौरीगञ्जको अस्पतालमा भेण्डिलेटर सहितको सुबिधा नभएको र यहा उपचार सँभब नदेखिएपछी कार्तिक ७ गते उनलाइ धरान पठाइएको थियो ।
हाल उनका छोरामा पनि सँक्रमण देखिएको र उनलाइ गौरीगञ्ज कै कोभिड अस्पतालमा राखि उपचार भइरहेको कुरा स्वास्थ्य शाखा गौरीगञ्जका अनुप सेढाइले बताएकाछन् ।
आज बिहान ६ बजेर ४५ मिनेटमा मृत्यु भएको उनि इस्केमिक हृदय रोग विरामी रहकाे कुरा अस्पताल श्रोतले जानकारी दिएका छन् ।