कोरोना सँक्रमणका कारण रँगेलीमा थप एक पुरुषको मृत्यु

पढ्न समय: 1 मिनेट

रबिन्द्र बराल
असोज २३ रँगेली । मोरँगको रँगेली नगरपालिकामा कोरोना सँक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । रँगेली ४ घर भएका ७२ बर्षिय बृद्घकाे काेराेना सँक्रमणबाट मृत्युु भएको हो । बिराटनगर स्थित नाेवेल शिक्षण अस्पतामा उपचाररत वृद्धको गए राति उपचारका क्रममा मृत्यु भएको कुरा अस्पताल श्रोतले जनाएको छ । बुधबार बिहान श्वासप्रश्वासमा समस्या भएको भन्दै गम्भीर अवस्थामा उनलाइ अस्पताल पुर्याइएको थियो । वृद्धलाई तत्काल आईसीयूमा भर्ना गरेर पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । मृतक बृद्घ थाइराइड र फोक्सो सम्बन्धी पुरानै समस्या समेत रहेको बुझिएकाे छ । एक महिना अगाडि साे बृद्घ रंगेली काे आईसुलेसन बाट काेराेना लाई जितेर घर समेत फर्किएको रंगेली स्वास्थ्य शाखा ले जनाएको छ । यस अघि पनि रँगेलीमा एक पुरुषको कोरोना सँक्रमणका कारण मृत्यु भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्