भदौ २१ झापा । कोरोनाभाइरस संक्रमणका कारण प्रदेश १ माथि एक जनाको मृत्यु भएको छ । झापाको कन्काइ नगरपालिका ३ की एक ४५ वर्षीया महिलाको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोरोना विशेष अस्पतालमा उपचाररत ती महिलाको आइतबार बिहान मृत्यु भएको हो । उनमा भदौ १८ गते कोरोना पुष्टि भएको थियो ।
उनमा दुई दिनदेखि ज्वरो, स्वासप्रश्वासमा कठिन हुनकाु साथै निमोनिया समेत देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । यस्तै मृतक मधुमेहको रोगी समेत भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए ।
प्रतिक्रिया लेख्नुहोस्