नोबेलमा मेडिकल कलेजमा कोरोना संक्रमितको मृत्यु
असोज १२ झापा । सोमबार दिउँसो झापाका थप एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।
झापाको गौरादह–१ घर भएका ५२ वर्षीय पुरुषको दिउँसो २ बजे नोबेल शिक्षण अस्पताल बिराटनगरको आइसोलेसनमा मृत्यु भएको हो । अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालका अनुसार गत मंगलबारदेखि आइसोलेसनमा भर्ना गरेर संक्रमित पुरुषको उपचार थालिएको थियो । उनी सुगर, प्रेसर रोगको विरामी रहेको र गत असोज ३ गते उपचारका लागि नोबेल लगिएको बुझिएको छ । अहिले नेपाली सेनाले मृतकको अन्त्येष्टी गर्ने प्रकृया अघि बढाएको कुरा गौरादहमा सञ्चारकर्मी डण्डीराज घिमिरेले जनाएकाछन् ।
प्रतिक्रिया लेख्नुहोस्