
१२ भदौ, गौरीगञ्ज । झापाका एक जना कोरोना संक्रमितको आज उपचारका क्रममा मृत्यु भएको छ ।
धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत झापाको कमल गाउँपालिकाका–३ केर्खा बजारका ८३ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण बिहीबार राति ११ वजे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।सँक्रमित पुरुष मिर्गौलाका बिरामीसमेत रहेका ती पुरुष संक्रमित भएको बुझिएको छ ।
मृतकको परिवारका एक जना सदस्यमा पनि संक्रमण देखिएकोमा उनको मेची प्रादेशिक अस्पतालको आइसोलसेनमा उपचार भइरहेको छ
के तपाईंले गौरीगञ्ज दर्पण मोवाइल एप् डाउनलोड गर्नुभयो? यसलाई डाउनलोड गर्न तल दिइएको डाउनलोड बटनमा क्लिक गर्नुहोस्।