
रबिन्द्र बराल
भदौ २० शनिबार । मोरँगको रँगेली नगरपालिका आजदेखि कोरोनामुक्त भएकोछ । सबैसँक्रमितहरु निको भएर घर फर्के पछी अहिले रंगेली नगरपालिका ले जनता क्याम्पसमा स्थापना गरेको आईसाेलेसन शनिबारदेखि खालि भएको छ । पछिल्लो समय रँगेलीमा समुदाय स्तरमै सँक्रमण फैलिएपछी सँक्रमितहरु लाई राख्नसाउन २५ गते जनता क्याम्पस को भवनमा आईसुलेसनमा सँचालन गरिएको थियोे । सो आइसोलेसनमारहेका अन्तिम ३ जना सँक्रमितहरुको १७ गते पिसिआर टेष्ट गरिएकोमा आज ॐ शनिबार तिनै जना को रिपोर्ट नेगेटिभ आएपछि ३ जना लाई घर पठाइएको छ । सबै सँक्रमितहरु निको भएर घर फर्किएपछी आईसाेलेसन खालि भएको छ ।
हाल सम्म रंगेलीमा १ सय २२ जना काेराेेना पाेजेटिव का बिरामी फेला परेका थिए । अहिले सबै जना काेराेना जितेर घर समेत फर्किएकाेे स्वस्थ्य शाखा प्रमुख भुपेन्द्र प्रसाद मंण्डल ले बताए ।