कोरोना खोपको दुबै डोज लिएकी गौरीगञ्जकी महिला लाई सँक्रमण

पढ्न समय: 1 मिनेट

बैशाख १४ गौरीगञ्ज । कोरोना बिरुद्धको खोप लगाएकी गौरीगञ्जकी एक महिला लाई कोरोना सँक्रमण पुष्टि भएको छ । खोप लगाएकी गौरीगञ्ज वडा नँ ४ कि ३६ वर्षिय महिला लाई गत बैशाख १२ गते सँक्रमण पुष्टि भएको हो ।
भारत सरकारले अनुदानका रुपमा दिएको कोरोना बिरुद्ध को खोप “कोभिडशिल्ड” को दुबै डोज उनले लिईसकेको बुझिएको छ । प्राथमिक स्वास्थ्य केन्द्र खजुरगाछी का प्रमुख अनुप सेढाई का अनुसार सँक्रमित महिलाले गत माघ १८ गते पहिलो डोज र बैशाख ८ गते दोश्रो डोज लिएको बताएकाछन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्