९ वैशाख, काठमाडौं । भारतीय फिल्म सँगितको क्षेत्रमा नब्बेको दशकमा कयौं गीतमा संगीत भर्ने नदिम–श्रवणको जोडी टुटेको छ । विहीबार श्रवण राठोरको कोरोना संक्रमणबाट निधन भएपछि संगीतकारको यो चर्चित जोडी टुटेको हो ।
श्रवणको विहीबार राति मुम्बईस्थित रहेजा अस्पतालमा निधन भएको कुरा भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
फिल्म आशिकीका गीत हिट भएपछि उनीहरु चर्चाको शिखरमा पुगेका थिए । नदिम–श्रवणको जोडीले पहिलो पटक १९७७ मा भोजपुरी फिल्म दंगलका लागि संगीत दिएका थिए । त्यसमा उनीहरुले कम्पोज गरेको गीत ‘काशी हिले पटना हिले’ हिट भएको थियो । त्यसपछि उनीहरुले बलिउड फिल्म ‘जीना सीख लिया’का लागि संगीत दिएका थिए ।
यद्यपि उनीहरुलाई आशिकी फिल्मका हिट गीतले संगीतको शिखरमा पुर्याएको थियो । त्यसपछी लगातार दिल है के मानता नहि, साजन, साथी, फुल और काँटे, प्यार का साया, सडक, दिलका क्या कसुर, दिवाना, जान तेरे नाम, रँग, सिलवालले, साजनका घर, राजा, साजन चले ससुराल, राजा हिन्दुस्तानी, धडकन लगायत दर्जनौ फिल्मका हजारौं सुपरहिट गीत यो जोडिले कँपोज गरेकाथिए ।
टी–सिरिज म्युजिक कम्पनीका मालिक गुलशन कुमारको हत्या प्रकरणमा अभियुक्त को सुचिमा नदिम को नाम परेपछी केहि समय सुस्ताएको साँगितिक जोडिले सन् २००० देखि नै निर्वासनमा रहँदै आएका छन् ।
फिल्मी जगतका कलाकारहरुले श्रवण राठोरको निधनमा शोक व्यक्त गरेका छन् ।