गत वर्ष देखि अनलाइन मार्फत शुरु भएको कोच भाषि समुदायकै सबै भन्दा ठुलो गायन प्रतियोगिता “कोच स्टार सिङ्गिङ् कम्पिटिसन २०७८ को ग्राण्ड फिनाले यहि कार्तिक २७ गते हुने भएको छ । सोमबार बसेको प्रतियोगिता आयोजक समिति को बैठकले छठ लगतै २७ गते सो प्रतियोगितामा छनौटमा परेका अन्तिम टप फाइभ प्रतिस्पर्धी हरु बिच खुला मञ्चमा अन्तिम प्रतिष्पर्धा गराउने निर्णय भएको कुरा आयोजक समिति का अध्यक्ष प्रमोद राजबँशीले जनाएका छन् ।
गत बर्ष लकडाउनको समयमा अनलाइन प्रबिधि मार्फत शुरु भएको प्रतियोगितामा ९९ कोच भाषि प्रतिभा हरुले भाग लिएका थिए भने उनिहरुको प्रस्तुति मा अनलाइन मार्फत आएको लाईक सेयर र ज्युरी मेम्बर हरुको जज्मेन्ट को आधारमा टप १५ हुँदै टप ५ प्रतिस्पर्धी छनौट गरिएको थियो । प्रतियोगितामा भाग लिएका प्रतिस्पर्धी हरुलाई उछिन्दै अहिले उत्कृष्ट ५ मा बिन्दास राजवँशी, योगेन ताजपुरिया, रिता राजवँशी, सञ्जिव सिंह र रस्मिता राजवँशी छनौट भएका छन् । कार्तिक २७ गते हुने भनिएको ग्राण्ड फिनाले मा यि ५ प्रतिस्पर्धी हरु बिच अन्तिम प्रतिष्पर्धा हुनेछ ।
प्रतियोगिताको जर्जमेन्ट गर्न ज्युरी युनिट गठन गरिएको छ । ज्युरी युनिटमा सँगित गुरु कुशेश्वर राई, चर्चित गायक बलबहादुर राजवँशी, बरिष्ठ गजल गायक बलराम राजवंशी, र बरिष्ठ गीतकार गोपाल राजवंशी रहेका छन् ।
प्रतियोगितामा प्रथम हुनेले नगद रु २० हजार र एउटा गीत रेकर्ड गर्ने अबसर पाउनेछन् भने द्वितीय हुनेले नगद रु १० हजार र एउटा गीत रेकर्ड गर्ने अबसर पाउनेछन् । त्यसैगरी तृतीय हुनेले नगद रु ५ हजार र एउटा गीत रेकर्ड गर्ने अबसर पाउनेछन् । यसका साथै बिजेता हरुलाई ट्रफि र प्रमाणपत्र समेत प्रदान गरिनेछ ।
कार्यक्रम झापाको गौरीगञ्ज गाउँपालिका वडा नँ ३ स्थित दन्तकाली मन्दिर छेउ खुला मञ्चमा गरिने भएको छ भने कार्यक्रमको आकर्षण का रुपमा राष्ट्रिय कलाकार श्री कृष्ण लुईटेल (बोके दाह्री) लगायत कोच भाषि कलाका हरु बलराम राजवंशी, बलबहादुर राजवँशी, राम राजवँशी, भविन ताजपुरिया, बन्दना राजवँशी, बिनिता ताजपुरिया, प्रमोद राजबँशी लगायतको प्रस्तुति रहने छ । यसका साथै स्थानीय कलाकार हरु रमेश मास्के र ओजस्वी सेढाई लगायतको समेत प्रस्तुति रहने कुरा आयोजक समिति ले जनाएको छ ।
कार्यक्रम को ईभेन्ट म्यानेजमेन्ट सोसियल मिरर मिडिया प्रा लि ले गर्ने छ भने गौरीगञ्ज दर्पण डटकम बाट कार्यक्रम को प्रत्यक्ष प्रसारण गरिने छ ।