कोच स्टार अनलाइन गायन प्रतियोगिता हुने

पढ्न समय: 3 मिनेट


कोच भाषी कलाकारहरुको गायन प्रतिभाहरुलाइ प्रस्फुटन गराउने उद्देश्यका साथ कोच स्टार अनलाइन गायन प्रतियोगिता हुने भएको छ। ।प्रतियोगिताका लागि यहि असोज १० गते देखि छनौट प्रकृयाशुरु हुने कुरा आयोजकले बताएकाछन् ।
बिट्स रेकर्डिङ्ग बिराटनगरको मुख्य प्रायोजनमा हुन गइरहेको प्रतियोगितामा प्रथम हुनेलाइ गीत रेकर्डिङ र म्युजिक भिडियो बनाउने अबसर सहित नगद रु २० हजार पुरस्कार , दोश्रो हुनेलाइ गीत रेकर्डिङ को अबसर सहित नगद रु १० हजार र तेश्रो हुनेलाइ गीत रेकर्डिङ को अबसर सहित नगद रु ५ हजार पुरस्कार प्रदान गरिने कुरा आयोजकले बताएका छन् ।
आयोजकका अनुसार सो अनलाइन गायन प्रतियोगिता तीन राउण्डमा सम्पन्न हुनेछ । सेलेक्सन राउण्डमा प्रतियोगिले आफुले गाएको भिडियो बनाइ पठाउनु पर्नेछ। निर्णायकको निर्णयको आधारमा छनौट भएका प्रतियोगीहरु परिचयात्मक राउण्ड मा प्रवेश गर्नेछन।


परिचयात्मक राउण्डमा, सेलेक्सन राउण्ड बाट छनौट भइ आएका प्रतियोगिहरुको भिडियो क्लिपहरु कोच स्टारको अफिसियल फेसबुक पेज तथा युट्युब च्यानलमा अपलोड गरिनेछ। फेसबुक पोस्ट को लाइक र युट्युब अपलोडको भ्युज लाई २०% तथा निर्णायक समितिको मुल्याङ्कनलाई ८०% आधार मानी टप १० फाइनल राउण्ड का लागि छनौट गरिनेछ।
फाइनल राउन्डमा छनौट भएका टप १० प्रतियोगिहरुले उपलब्ध गराइने गीतहरुमध्येबाट कुनै एक गीत ट्र्याकमा गाएर भिडियो पठाउनुपर्नेछ। उक्त भिडियो क्लिप फेसबुक पेज तथा युट्युब च्यानल मा अपलोड गरिनेछ।फेसबुक पोष्ट को लाइक सँख्या र युट्युब अपलोड को भ्युज लाई २०% तथा निर्णायक समितिको मुल्याङ्कनलाई ८०% आधार मानी प्रथम, द्वितीय र तृतिय हुने प्रतियोगी छनौट गरिनेछ।

प्रतियोगिताका लागि आयोजकले केहि नियम तथा शर्तहर अघि सारेका छन् । यो प्रतियोगिता बिशुद्ध कोच भाषाभाषीहरुका लागि भएकोले प्रतियोगिले अनिवार्य रुपमा कोच आदीबासी भाषाको गीत गाउनुपर्ने जनाइएको छ । प्रतियोगितामाछनौटका लागि पठाइने भिडियो कम्तिमा २ मिनेटको, स्पष्ट एवम वास्तविक हुनुपर्ने, र जुनसुकै उमेर, लिङ्ग, जाती एवम सामुदायका ब्यक्तिहरुले यस प्रतियोगितामा भाग लिन पाउने जनाइएको छ । साथै प्रतियोगिले अनिवार्यरुपमा यस कार्यक्रमको आधिकारिक फेसबुक पेज Koch star लाइ लाइक र युट्युब च्यानल सब्स्क्राइब गर्नुपर्ने सर्त समेत अघि सारिएको छ ।
देश विदेशमा रहनु भएका सम्पूर्णले भाग लिन पाउने छन् तथा भागलिन चाहनेले आफुले गाएको कोच भाषि कुनै पनि गीतको भिडियो यहि अशोज २० गते भित्र kochstar123@gmail.com मा मेल गरेर वा ह्वाट्सएप वा भाइबर वाट ९८४२३३४३०७ मा पठाईसक्नु पर्ने छ |

प्रतियोगिताको निर्णायक भुमिकामा युवा गायक बलबहादुर राजवँशी वरिष्ठ सँगित गुरु कुशेश्वर राइ र कोच भाषि गीतका बरिष्ठ गीतकार गोपाल राजवँशी रहने कुरा आयोजकले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्