मदन राजवँशी
झापाको गौरीगञ्ज गाउँपालिका का उपाध्यक्ष दिपेन्द्र थापा आफै सँयोजक रहेको पालिका स्तरिय सहकारी बोर्डले गत भदौ १४ गते एउटा निर्णय गर्यो, जुन निर्णय सुन्दा हरेक कृषकलाइ उद्देक लागेर आउछ । रोपाइ सकिएर युरिया लगायतको मलखादको चर्को अभाब झेलिरहेका कृषकहरुको लागि सहकारी मार्फत सशुल्क मलखाद बितरण गर्ने सँबन्धमा गरिएको उक्त निर्णयको अहिले चर्को बिरोध भइरहेको छ । निर्णयमा किसानले पैसा तिरेर जम्माजम्मी २५ किलो युरिया लिन केहि बाध्यकारी नियमहरु राखिएको छ । जसअनुसार किसानले मल लिन जादा नेपाली नागरिकताको प्रतिलिपि, र जग्गा धनीपुर्जाको प्रतिलिपि अनिवार्य रुपमा ल्याउनु पर्ने बाध्यकारी सर्त तेर्स्याइएको छ ।
निर्णयमा लेखिएका सर्तहरु पालन गर्ने हो भने अधिकाँश कृषकहरु मल पाउन बाट बञ्चित हुने देखिन्छ । कतिपय गौरीगञ्जमा खेति जग्गा हुनेहरु गौरीगञ्ज बाहिर वा बिदेशमा बस्नेहरु छन् उनिहरुको जग्गा अरुले नै कमाइरहेका छन् । जसले कमाइरहेका छन् उनिहरुसँग न त कुनै जग्गा छ न त धनिपुर्जा नै ।अब ति कृषकहरुले कहाँबाट धनिपुर्जाको प्रतिलिपि ल्याउने ? के ति कृषकहरुको लागि यो नियम ब्यवहारिक होला त ? लौ मानिलिउँ – ति कृषकले २५ केजि मलका लागि सहकारीलाइ नागरिकताको प्रतिलिपि र धनिपुर्जाको प्रतिलिपि बुझायो तर ति प्रतिलिपिहरु को दुरुपयोग ति सहकारीले नगर्लान भनेर ग्यारेन्टी गर्न सक्छ ? गत बर्ष गौरीगञ्ज २ कोरोबारीका तिन वटा कृषक समुहले कृषकहरुका नागरिकता र धनिपुर्जाको प्रतिलिपि को दुरुपयोग गरि कृषि ज्ञान केन्द्रको अनुदान अपचलन गरेको घटना ताजै छ । यो अबस्थामा फेरि ति प्रतिलिपिहरु को दुरुपयोग हुदैँन भनेर पालिका स्तरिय सहकारी बोर्डले ग्यारेन्टी दिन सक्छ ,?

निर्णय हरु
निर्णयहरु


गौरीगञ्ज कै स्थानिय महानन्दराज यादव लेख्छन् – गौरिगन्ज ४ बारहसुदि मा भएको जग्गा को कतिपय जग्गा धनी इटाहरा (मोरङ) को छ र खेती स्थानीय बासिहरुले गरिरहेको छ अब युरिया लिन लाई धनिपुर्जा लिन इटहरा जानू पर्ने हो ?
स्थानिय अगुवा केदारनाथ ढुँगेल लेख्छन् – “युरिया मल सम्बन्धि याहा हरुको निर्णय सहि छ र ? १ अभाबको बेला २५.केजि ठिकै होला तर १०.कठ्ठा खेति हुनेका लागि मात्र ।२ यस गा,पा, मा ऐलेनि जग्गा जोति जिबिका गर्ने ले काहाबाट मल ल्याउने ? ३ यस गा,पा, मा गुठि जग्गा जोत्ने किसान पनि हुनुहुन्छ वहाहरुले काहबाट मल पाउने ? ४ याहा जग्गाभएका मान्छे धेरै बाहिर छ्न उनिहरुले जग्गाको पुर्जा र नागरिकता अधियारलाइ जिम्मा छोडेर गएका त छैनन तिनिहरुले काहाबाट मल ल्याउने ? स्थानीयका प्रतिनिधि ज्यु र सहकारि अगुवा मित्र हरु नै बसेर गरेको निर्णय त यस खालको नहुनु पर्ने हो, किन पो यस्तो हुनगयो? यस्ता बिसयलाई पुनर्बिचार कसो होला मैले कुराराखे बिचार याहाहरुको ।
शिक्षक श्याम न्यौपाने लेख्छन् – “रङ्गियाथानको किसानले 25 केजी युरिया लिन गौरिगन्ज आउनु पर्ने भयो किनकि शिबगन्जले उसलाई आफ्नै गापामा जाऊ भन्ने नजिर बन्यो अब । थापाचौक कृपाल टोलका किसान गौरादह जानुपर्ने भयो 25 केजीको लागि ।”
स्थानिय युवा प्रवेश श्रेष्ठ लेख्छन् – “मेरो खेत धनी काठमाडौमा बस्छ मैले मल कसरी हाल्नु ? न नागरिकता छ न धनिपुर्जा । अर्को ऐलानी जग्गामा धान खेती गर्छ उस्ले कसरी मल हाल्ने ? पुर्जा त छैन ।”
निर्णयमा प्रस्ताब नँ २ को १ मा ‘गौरीगञ्ज गाउँपालिका भित्र रहेका नागरिक कृषकहरुलाइ मात्र बिक्री बितरण गर्नु पर्ने’ निर्णय लेखिएको छ । अब प्रश्न उठ्छ – गौरीगञ्ज गाउँपालिका भित्रको भुमीमा गाउँपालिका बाहिरको नागरिकले अधिया या ठेक्कामा खेति कमाइरहेको छ भने उसले मल पाउने की नपाउने अर्थात गौरीगञ्ज गाउँपालिका भित्रको नागरिकले गाउँपालिका बाहिरको भुमीमा खेति गरिरहेको छ भने उसको हकमा के हुन्छ ? गौरीगञ्ज गाउँपालिका ले कृषकहरुका लागि परिचयपत्रको व्यवस्था गरेको छ र ?
वर्षै पिच्छे कृषि क्षेत्रमा करोडौ लगानी गर्दै बिभिन्न सामग्री बितरण गर्ने गौरीगञ्ज गाउँपालिका को कृषि शाखा ले आखिर आफै किन मल बितरण गर्न सक्दैन ? यदि गौरीगञ्जको स्थानिय सरकार कृषकहरु प्रति साँच्दै जवाफदेहि छ भने यस्ता बाध्यकारी नियम प्रति पुनर्विचार गर्नेछ ।