रबिन्द्र बराल ।
नेपाल किसान संघ रंगेली नगरपालिका कार्या समिति ले रंगेली नगरपालिका लाई ज्ञापनपत्र बुझाएका छन ।कार्तिक २ गते आएकाे अविरल वर्षा का कारण रंगेली नगरपालिका भित्रका किसानहरूको धान बाली क्षेती भएको भन्दै उनी हरुले रंगेली नगरपालिका भित्रका किसानहरूको बाली नाली मा क्षेती बाट किसानहरु मर्माहित भएकाले सो क्षतिको मुआब्जाको व्यवस्था गरिदिने , कृषक हरुलाई आवश्यक पर्ने मलखाद बिउबिजन सहुलियत दरमा चाहिएको समयमा व्यवस्था गरे दिने , कृषकहरुलाई कृषि कार्यको लागि लाग्ने राजस्वमा छुट गर्नुपर्ने । साे कार्यक्रममा संघका पुर्वाअञ्चल किसान सन्जाल का अध्यक्ष गाेपाल भण्डारी ,पुर्वाअञ्चल का सचिव हरि खनाल किसान संघ का रंगेली सभापति जगर्नाथ मंण्डल, मचिन्द्र कटुवाल लगायत ले नगरपालिका का मेयर दिलिप बगडिया लाई ज्ञापनपत्र बुझाएका हुन । पत्रमा कृषि प्राविधिक को वाड‌ पिच्छे बाँडे विच्छेद व्यवस्था गरी दिने , कृषि याेग्य उर्वरा भूमि विभिन्न नदीनाला ले कटान गरेको ठाउँमा अभिलम्व तटबन्ध व्यवस्था गर्नुपर्ने । सिचाइ का लागि चाहिने आवश्यक विद्युतीय बोरिङ काे अविलम्ब व्यवस्था गर्नुपर्ने । कृषि उवजाकाे खरिद विक्रीको लागि बजार व्यवस्था गर्नुपर्ने । नगर भित्रका किसानहरूको लागि किसान क्रेडिट कार्डको व्यवस्था गर्नुपर्ने । रंगले नगरपालिकाले कृषिमा दिने अनुदान सबै किसान समक्ष पुर्याउने । मत्सय तथा पशुपंक्षी काे व्यवसायिक रुपमा
पालन गर्न को लागि उचित व्यवस्था गरिदिन आग्रह गर्दे ज्ञापनपत्र उल्लेख गरेको छ ।