किसान सँघर्ष समितीले पत्रकार सम्मेलन गरि थप आन्दोलनको घोषणा गरे
जेठ २५ गौरीगञ्ज । सरकारले तोकेको धानको मुल्य कायम हुनु पर्ने लगायतको माग राखे केहि समय यता आन्दोलनरत कृषकहरुले थप आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका छन् । गौरादह ८ जुरोपानीमा पत्रकार सम्मेलन गरि कृषक सँघर्ष समितीले थप आन्दोलनका कार्यक्रमहरुको घोषणा गरेका छन् ।
सँघर्ष समितीद्वारा घोषित कार्यक्रम अनुसार भोली जेठ २६ गते राति ८ बजे कृषकहरुले आ आफ्नो घर अगाडी राँको बाल्ने त्यस्तै जेठ २७ गते राति ८ बजे देखि आधा घण्टा बिजुली निभाएर ब्ल्याक आउट गर्ने र जेठ २९ गते दिउसो २ बजे देखि गौरादह बजारमा बृहत मशाल जुलुस निकाल्ने जस्ता बिरोधका कार्यक्रमहरु घोषणा गरेका छन् ।
कृषक सँघर्ष समितीका सँयोजक इन्द्र पोख्रेलको अध्यक्षतामा भएको पकार सम्मेलनमा पत्रकारहरुको जिज्ञासाहरुको जवाफ दिदै सँघर्ष समितीका प्रवक्ता खेमराज अधिकारीले ब्यापारीहरुले कृषकहरुको बाध्यताकको फायदा उठाउदै सरकारले तोकेको मुल्य भन्दा आधा मुल्यमा ब्यापारीहरुले धान खरिद गरिरहेको र स्थानिय देखि केन्द्रिय सरकार सम्म त्यसको मुक दर्शक बनिरहेको बताएका थिए ।
तयस्तै साघर्ष समितीले केहि समय अघि गौरादह नगरपालिकालाइ यस बारे ज्ञापनपत्र बुझाएकोमा नगरपालिकाका मेयर क्षत्रपती सुबेदीले ब्यापारिहरुसँग सहजिकरण गरेर धानको उचित मुल्य दिलाउन छोडेर उल्टै कृषकहरुलाइ धान नबेच्न भनि बिज्ञप्ति जारी गरेको बताएका छन् । गौरादह नगरपालिकाले गत माघमा बितरण गरेको धानको बिउँ ३० प्रतिशत पनि नउम्रेको र सो को क्षतिपुर्ती समेत नगरपालिकाले नगरेको कृषकहरुले गुनासो गरेका छन् ।
गौरादह गौरीगञ्ज र कमल गाउँपालिका भित्र कृयाशिल कृषक समुहहरुको भेलाबाट बनेको कृषक सँघर्ष समितीले बिभिन्न मागहरु राख्दै जेठ १० गते देखि आन्दोलन गरिरहेका छन् । उनिहरुले उत्पादन अनुदान कार्यक्रमको क्षेत्र बिस्तार र बजेट व्यवस्थापनको सुनिश्चितता हुनु पर्ने । सरकारले तोकेको मुल्य पाउनु पर्ने । मल, बिउ, औषधि पाउनु पर्ने । ट्रयाक्टर जोताईको दर रेट खेतीबारीमा प्रयोग गरीने कृषि यन्त्र उपकरणको दर रेट न्युनतम कायम गनुपर्ने । कृषि सिंचाई महशुल पुरै छुट हुनुपर्ने । बालि बिमाको कार्यक्रममा स्थानिय सरकारले अनिवार्य लागु गर्ने र तौलमा ठगी गर्ने कृतिम कालो बजारी र ठगी गर्ने दलाल र उद्योगीहरु पहिचान गरी कानुनी कारबाही गर्नुपर्ने लगायतका मागहरु अघि सारेका छन् ।