असार ११ गौरीगञ्ज । गएराति गौरीगञ्ज वडा नँ ६ का स्थानीय हरुले दुइ बोरा अबैध सुर्ती समातेर प्रहरी लाई जिम्मा लगाएका छन् । गए राति करिब पौने आठ बजेको समयमा खजुरगाछी स्थित थपलिया चोकमा साईकल सहितको दुइ बोरा सुर्ती समातेर प्रहरी को जिम्मा लगाइएको कुरा स्थानीय परमेश्वर साहले बताए । १५देखि २० मिनेटको अन्तरमा सोहि बाटोबाट करिव ८ बोरा सुर्ती पास भएको तर प्रहरी लाई खबर गर्दा समेत प्रहरी ढिलो पुगेका ले दुइ बोरा मात्र समात्न सकेको कुरा स्थानीय हरुले बताएका छन् ।
कृषकहरुले नेपालमा अभाब भएको बेला भारतबाट एक बोरा मल लिएर आउदा पनि देख्ने प्रहरी प्रसाशन ले समसाँझै तस्करहरुले बोराका बोरा सुर्ती लिएर आउँदा पनि प्रहरीले नदेखे झै गर्ने गरेको कुरा स्थानीय गँगा राजवंशी ले बताए ।
ईलाका प्रहरी कार्यालय गौरीगञ्जले हिजो राती करिब ५० किलो को परिणाम मा सुर्ती समातेको बताए पनि स्थानिय हरुले एउटै बोरामा ४० किलोको हाराहारीमा सुर्ती अट्ने गरेको र दुइ बोरा मा करिब ८० किलो सुर्ती हुन सक्ने बताएका छन् । कार्यालय मा जनशक्ति अभावका कारण सुचना पाउने बितिकै प्रहरी परिचालन गर्न नसकेको कुरा गौरीगञ्जका प्रहरी निरीक्षक जितेश दाहाल ले बताएका छन् । केहि दिन अघि जुरोपानी क्षेत्र बाट प्रहरी ले २३ कार्टुन फर्मालिन युक्त प्रतिबन्धित माछा समेत बरामद गरेको थियो ।
अहिले भातर बाट नेपाल छिर्ने सबै बाटोमा सशस्त्र प्रहरी खटिएका छन् । सीमा क्षेत्रका सशस्त्र प्रहरी हरुको निगरानी हुँदाहुँदै पनि यति धेरै परिणाममा अबैध सामान नेपाल भित्रनु शँकास्पद रहेको कुरा स्थानीय गँगा राजवंशी ले बताए ।