असोज १७, गौरीगञ्ज । काठमाडौं बाट गौरीगञ्ज का लागि छुटेको बस दुर्घटना भएको छ । हिजो आइतबार काठमाडौं बाट गौरीगञ्ज का लागि छुटेको ना ७ ख २०३२ नँबरको भावना डिलक्स बस गए राति १२: ३० बजे हेटौडा को चुरियामाई १५ मा दुर्घटना हुँदा २ जनाएको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मोरङ बेलबारी ८ की कल्पना राजवंशी र दमक क्याम्पस मोड बस्ने ६० वर्षिय पुरुषको मृत्यु भएको कुरा प्रहरीले जनाएको छ । दुर्घटना मा परी गौरीगञ्ज १ का महेश राजवँशी, गौरादह ८ का गौरनाथ राजवँशी लगायत ३३ जना घाइते भएको प्रहरीले जनाएको छ । अन्य घाईते हरु दमक , अर्जुनधारा तथा मोरङ का बिभिन्न स्थानकाहरु रहेको कुरा जानकारी मा आएको छ । घाईते हरुको चुरिया हिल्स र हेटौडा अस्पतालमा उपचार भइरहेको छ भने सामान्य घाईतेहरुलाई घर पठाइएको छ ।