पुस १८, काठमाडौं ।‌काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो सचिवालय प्रमुखसहित तीन जना कर्मचारीलाई निलम्बन गरेकस छन् । महानगरको कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको आरोपसहित मेयर शाहले सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ शाखा अधिकृत भगवती बिडारीलाई निलम्बन गरेको हो ।नगर कार्यपालिकाको निर्णय परिवर्तन गरी करार कर्मचारीमा सचिवालय कर्मचारी हरुले आफन्त भर्ना गर्न खोजेको सुइको पाएपछि बालेनले एक्सन लिएको महानगरस्रोतले जानकारी दिएको छ ।

नगरसभाले करारमा स्वास्थ्य कर्मचारीहरूको सेवा अवधि थप गर्ने निर्णय गरेको थियो । नगरसभाले ५ जनाको सेवा अवधि थप गर्ने निर्णय गरेकामा कर्मचारीहरूले उक्त निर्णय सच्याएर आफूखुसी ६ जना बनाएको महानगर स्रोत बताउँछ ।

कर्मचारी विवादपछि महानगरको प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी बिदामा बसेका छन् । छानबिन अघि बढ्ने भएपछि प्रमुख प्रशासकीय अधिकृतलाई बिदामा बस्न भनिएको महानगरपालिकाले जनाएको छ ।