करिब २ सय यात्रु बोकेको एअर इन्डियाको बिमान अवतरणका क्रममा दुर्घटना

पढ्न समय: 1 मिनेट

२३ साउन । छिमेकी मुलुक भारतको केरलमा क्यालिकट विमानस्थलमा अवतरणको क्रममा एअर इण्डिया एक्सप्रेसको बिमान दुर्घटनाग्रस्त भएको छ।

तस्विर – हिन्दुस्तान टाइम्स


उक्त बिमान सँयुक्त अरब इमिरेट्स को दुबइबाट फर्किदा अबतरणका क्रममा धावन मार्गबाट चिप्लेर दुर्घटना भएको भारतिय सञ्चार माध्यमहरुले जनाएकाछन् ।‌ बिमानमा करिब २ सय यात्रु सवार रहेको बताइएको छ । बिमान दुर्घटना भइ दुइ टुक्रा भएको फोटो सामाजिक सञ्जालमा राखिएको छ ।

- Advertisement -
Ad image

सो बिमान कोरोना महामारीका कारण सुरक्षित आवासका लागि घर फर्कन चाहने भारतिय नागरिकहरुलाइ लिएर फर्किएको कुरा भारतिय सञ्चार माध्यम हरुले जनाएकाछन् ।
घटना स्थलमा उद्दार कार्य जारी रहेको र सो स्थानमा भारी बर्षा भएको बिबिसीले जनाएको छ ।

क्षतिको बिबरण नआएपनि ठुलो सँख्यामा हाराहारी भएको आशँका गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्