कार्तिक २१, गौरीगञ्ज । वडाध्यक्ष किनालाल राजवंशी ले गौरीगञ्ज वडा नँ २ मा निर्माणको अवस्थामा रहेको चौनी सिमसारको निर्माण कार्य रोकेको छ ।‌ सिमसारको वरीपरीको पर्खाल निर्माण मा ठेकेदार कम्पनीले कमसल इट्टा प्रयोग गरेकाले निर्माण कार्य रोकेको कुरा वडाध्यक्ष राजवंशी ले सामाजिक सञ्जालमा लेखेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्-

गौरीगञ्ज गाउँपालिका वडा नं. २ मा निर्माणाधीन अवस्थामा रहेको गौरीगञ्ज कै एक मात्र पर्यटनको सम्भावना बोकेको चौनी सिमसारमा भई रहेको काममा कमसल ईटा प्रयोग भएको पाइएको हुनाले तत्काललाई सो कार्य रोक्न लगाइएको छ। साथै, सोसँग सम्बन्धित उपभोक्ताहरुलाई काममा निगरानी गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु।

फेसबुक


कछुवा सँरक्षण केन्द्र का रुपमा निर्माण भइरहेको चौनी सिमसार को काम ३८ प्रतिशत सम्पन्न भइसकेको कुरा गाउँपालिका का ईन्जियर सुशान्त बुढाथोकी ले बताएका छन् ।