• भदौ २, २०८०
  • Madan Rajbanshi
  • 0

भदौ २ झापा । शिबसताक्षी नगरपालिकामा अध्यक्षको कार्यबाहक नियम बिपरित वडाध्यक्षलाइ दिएको घटना सेलाउन नपाउदै झापाको कमल गाउँपालिकामा पनि अध्यक्षले नियम बिपरित आफ्नो कार्यबाहक वडाध्यक्ष लाइ तोकेको पाइएको छ ।


कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिँह राइले उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी हुँदा हुँदै नियम बिपरित कार्यबाहक अध्यक्षको जिम्मा वडाध्यक्ष अशोक सुब्बा लाइ तोकेर जापान भ्रमणमा गएका छन् । जापान जानु एक दिन अघि अध्यक्ष राइले कमल गाउँपालिका वडा नँ २ का वडाध्यक्ष अशोक सुब्बालाइ कार्यबाहक तोकका हुन् ।


नियम अनुसार उपादक्ष्य हुदा हुँदै कार्यबाहक अध्यक्षको जिम्मेबारी वडाध्यक्षलाइ तोक्न पाइदैन । उपाध्यक्ष तिवारी नियमित रुपमा कार्यालयमा उपस्थित हुँदै आएका छन् । अध्यक्ष राइ नेपाली काँग्रसबाट निर्वाचित अध्यक्ष हुन भने उपाध्यक्ष तिवारी एमालेबाट निर्वाचित उपाध्यक्ष हुन ।
यस अघि शिबसताक्षी नगरपालिकाका अध्यक्ष मेगाहाङ्ग थोप्रा उपाध्यक्ष हुदा हुँदै कार्यबाहक अध्यक्षको जिम्मेबारी वडाध्यक्ष बिष्णु प्रसाइलाइ दिएर जापान भ्रमणमा गएका थिए भने स्थानिय सरकार सञ्चालन ऐन बिपरित कार्यबाहकको जिम्मेबारी वडाध्यक्षलाइ दिएको बे तिब्र आलोचना भएपछी हिजो वडाध्यक्ष प्रसाइलाइ जिम्मेबारी बाट हटाएर कार्यबाहकको जिम्मेबारी उपाध्यक्ष लाइ दिइएको छ ।