मँसिर ६ गौरीगञ्ज । हुलाकी राजमार्ग अरन्तर्गत झापाको गौरीगञ्ज गाउँपालिका र झापा गाउँपालिका जोड्ने कन्काइ पुल बिगत लामो समय देखि अलपत्र परेको छ । बनाउने ठेक्का लिएर त्यहि पुललाइ अलपत्र पार्ने पप्पु कन्सट्रक्सनका मालिक हरि नारायण रौनियारलाइ नेकपा एमालेले पार्टी भित्र स्वागत गरेको छ । एमालेकाअधयक्ष केपी शर्मा ओलीले ले उनलाई मँगलबार पार्टी प्रवेश गराएका छन्।

रौनियारको पप्पु कन्स्ट्रक्सनले महादेब खिम्ती जेभिसँग मिलेर १२ बर्ष अघि २०६८ साल जेठ ३१ गते रु ३४ करोड रुपैयामा सो पुल बनाउने सरकार सँग ठेक्का सँझौता गरेका थिए । ठेक्का सँझौता अनुसार सो पुल २०७२ जेठ २९ गते सम्म बनि सक्नु पर्ने थियो । तर ठेक्का लागेको आज १२ बर्ष बिति सक्दा र ५ पटकसम्म ठेक्का म्याद थप्दा समेत सेत सो पुलमा ७० प्रतिशत पनि काम भएको छैन । यो पुल झापा क्षेत्र नं ४ अन्तर्गत पर्दछ भने यो क्षेत्रमा एमाले नेता एलपी साँवा लामो समयदेखि साँसद जित्दै आएका छन् ।

कन्काइ पुल लगायत दर्जनौ पुल तथा सडकहरु ठेक्का लिएर अलपत्र पारेका उनी पप्पु कन्स्ट्रक्सनवाट देशका विभिन्न भागमा कुख्यात भई विभिन्न विवादमा फसेका थिए । उनीमाथि पप्पु कन्स्ट्रक्सन काण्डमा भ्रष्टाचार, अनियमितता, पारदर्शिताको अभाव र गुणस्तरहीन निर्माण कार्य गर्ने, निर्माणको जिम्मा लिएर अलपत्र पार्ने जस्ता गम्भिर आरोप लागेका छन ।

बबर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई पुल बन्नासाथै भत्किएपछि भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १९ असोज ०७५ मा दायर गरेको भ्रष्टाचार मुद्दामा २५ वैशाख २०७९ मा विशेष अदालतले रौनियारलाई दोषी ठहर गरेको थियो । भ्रष्टाचारका विभिन्न मुद्दामा मुछिए पछि रौनियारको कम्पनी पप्पु कन्स्ट्रक्सनलाई विभिन्न निकायले कालोसूचीमा राख्ने सिफारिस विचाराधीन रहेको छ ।

पछिल्लो समय रोल्पाको शारदा मार्ग सडक आयोजना, गोरखाको चेपेटार–भालुस्वरा–बारपाक सडक आयोजना, रौतहट सडक आयोजना र ओखलढुङ्गा सडक आयोजनाजस्ता विभिन्न आयोजनामा पप्पु कन्स्ट्रक्सनले अनियमितता र लापरवाही गरेको भन्दै छानबिन गरिरहेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पप्पु कन्स्ट्रक्सनले यी आयोजनामा आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको जानकारी दिएको छ । तर, अनुगमन कार्यालयले अहिलेसम्म कम्पनीलाई कारबाही गरेको छैन ।