
कार्तिक ६, गौरीगञ्ज । अबिरल कन्काईको बाढि बाट बिस्थापित भएका गौरीगञ्ज १ का४० परिवार लाई राहत सामग्री वितरण गरिएकोछ । एकका लागि एक अभियानको सहयोग र गौरीगञ्ज गाउँपालिका को समन्वयमा शनिबार सो सामग्री वितरण गरिएको हो ।
कन्काई बाट बिस्थापित होकलबाडी झोडाका १९ परिवार र टप्पु का२१ बिस्थापित परिवार लाई सो राहत सामग्री वितरण गरिएको हो । प्रति परिवार २५ किलो चामल ४ किलो आलु खाने तेल नुन, चिउरा, दाल, त्रिपाल, तन्ना, गुन्द्री, झुल, बाल्टिन, र भाडाकुडा लगायतका बन्दोबस्तीका समान हरु बितरण गरिएको कुरा वडाध्यक्ष कार्तिक लाल राजवँशी ले जनाएका छन्।
झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना, एकका लागि एक अभियानका अध्यक्ष महेन्द्र गिरी, गौरीगञ्ज गाउँपालिका का अध्यक्ष बाबुराजा श्रेष्ठ, उपाध्यक्ष दिपेन्द्र थापा, वडा नँ १ का वडाध्यक्ष कार्तिक लाल राजवँशी लगायतको उपस्थिति मा सो राहत सामग्री वितरण गरिएको थियो ।