कन्काइ नगरपालिकामा स्वास्थ्य सेवा बाहेक सबै पसल बन्द

पढ्न समय: 1 मिनेट

८ जेठ झापा । कनकाई नगरपालिकाका बजारहरु जेठ २० गतेसम्म पुर्ण रुपमा बन्द गरिने भएको छ ।
नगरपालिकामा बुधबार विभिन्न संघसंस्थाका प्रतिनिधि , राजनीति दलसहित भएको सर्वपक्षीय भेलाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन कनकाई नगर क्षेत्रका बजार पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य सेवा बाहेक यसअघि दैनिक चार घण्टासम्म संचालनमा रहेका अतिआवश्यकीय सेवाका पसलहरु, दैनिक उपभोग्य खाद्य सामग्रीका पसल , हार्डवेयर पसल साथै ,सागसव्जी, फलफूल, विउविजन, ग्यारेज तथा मोटर पार्टसका पसलहरु जेठ ८ गते विहीवारदेखि २० गते सम्मका लागि पूर्ण रुपले बन्द गर्ने निर्णय भेलाले गरेको छ । साथै जेठ ८ गते विहीबारदेखि लागु हुने गरी १३ गते मंगलवार सम्मका लागि कनकाई नगरपालिकाको कार्यालयबाट हुने कोभिड– १९ सँग सम्बन्धित बाहेकका सेवा अन्य सबै सेवा समेत बन्द गर्ने निर्णय भएको छ ।

- Advertisement -
Ad image

यस समयावधिमा हिडडुल गरेमा , सवारी चलाएमा र पसलहरु खुल्ला गरेमा प्रहरीले नियन्त्रणमा लिई प्रचलित कानुन बमोजिम कार्वाही गरिने बताइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *