साउन १३ झापा, अबिरल बर्षाका कारण कन्काइ नदिको बाँध भत्किदा गौरीगञ्ज १ मा २९ परिवार बिस्थापित भएकाछन् भने रोपेको सयौँ बिघा धान खेति नष्ट भएको छ । गौरीगञ्ज १ स्थित रँगियाथान र बिश्वाडोभा बिचको भागमा नदिले करिव २०० मिटर बाँध भत्काएको हो । बाँध भत्केर नदिको पानी मानव बस्तिमा पस्दा होकलबाडीका २९ परिवार बिस्थापित भएका छन् । उनिहरुको घरमा पानी पसेको र उनिहरु अहिले स्थानिय इन्द्रेणी प्राबि र आसपासका आफन्तहरुको घरमा आश्रय लिइ बसेको कुरा वडा नँ १ का वडाध्यक्ष कार्तिकलाल राजवँशीले बताएकाछन् ।
उनिहरु लाइ आज बिहान सुरक्षाकर्मि लगायतको टोलिले उद्दार गरि सुरक्षित स्थानमा लगिएको हो ।
त्यसै गरि सो नदिको बाढिले किसानहरुले रोपेका सयौ बिघा धान बाली पुर्ण रुपमा नष्ट गरि दिएको छ । बाढिले स्थानिय देवनारायण राजवँशी, कृष्ण राजवँशी तुलाराम राजवँशी, शिवनारायण राजवँशी, दिपक राजवँशी चन्द्र नारायण राजवँशी, रामकुमार राजवँशी , नारायण राजबँशी, जय नारायण राजवँशी , शिवनारायण राजवँशी, ईन्द्र बहादुर बस्नेत, लक्ष्मी गौतम र बमशँकर राजबँशी लगायतको सयौ बिघा धान बाली नष्ट भएको कुरा वडाध्यक्ष कार्तिकलाल राजवँशीले बताएकाछन् ।
बिस्थापितहरुलाइ राहतका लागि पहल भइरहेको कुरा वडाध्यक्ष राजबँशीले बताएका छन् भने क्षति भएको धान खेतिको लागि पनि सँबन्धित निकायले पिडित कृषकहरुलाइ समेत राहत उपलब्ध गराउनु पर्ने कुरा स्थानिय एबी राजवँशीले बताएका छन् ।