कटुवा पेस्तोल सहित एक पक्राउ

पढ्न समय: 1 मिनेट


रबिन्द्र बराल
मोरङको सुनवर्षि नगरपालिका ५ स्थित झुगिटोल बाट कटुवा पेस्तोल र २ राउण्ड गोली सहित एक जना पक्राउ परेका छन्। टकुवा घर भएका ४१ वर्ष का राज कुमार मण्डलले हातहतियार लुकाई छिपाई राखेको विशेष जानकारी भए पछि रंगेली प्रहरीले कुमार मण्डल लाई पक्राउ गरिएको र निजको साथबाट कटुवा पेस्तोल थान-१ थान र २ थान गोली र मोबाइल सेट थान -२ र नगद रु १९ हजार ३ सय २५ पच्चिस रुपैया समेत बरामद गरिएको रंगेली प्रहरीले जनाएको छ । निजलाई हातहतियार सम्बन्धी कसुर अन्तर्गत थप कानुनी प्रक्रिया अगाडी बढाई अनुसन्धान कार्य भइरहेको प्रहरी निरीक्षक अनमोल खड्काले बताए ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्