झापाको कचनकवल गाउँपालिकामा तीन जना किशोरीको शब एउटै रुखमा झुन्डिको अवस्था मा फेला परेको छ । कचनकवल – ५ स्थित पाठामारीको बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको बयरको रुखमा झुन्डिएको अवस्थामा तीन जना किशोरीको शब फेला परेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिएका छन् । दुईजना एउटै हाँगामा र अर्की अर्को हाँगामा झुन्डिएको अवस्थामा फेला परेको उनले बताए ।
कचनकवल- ५ निवासी पंचम गणेशकी १६ वर्षीय छोरी करिना गणेश, पुवालु गणेशकी १७ वर्षीय छोरी अञ्जली गणेश र बिरबल गणेशकी १६ वर्षीय छोरी कल्पना गणेशको शब फेला परेको कुरा प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार उनीहरू तीनै जना शनिवार दिउँसोदेखि घरबाट बेपत्ता भएकी थिइन् । उनीहरू आइतबार बिहान साढे ७ बजे सामूहिक झुन्डिएको अवस्थामा स्थानीयले फेला पारी प्रहरीलाई तत्काल खबर गरेका थिए ।
तीनै जना किशोरीहरू चिया बगानमा काम गर्दै आएकोकुरा स्थानीय हरुले बताएका छन् । सामूहिक आत्महत्या हो या हत्या खुल्न सकेको छैन । अहिले घटनास्थलमा प्रहरी खटाइएको डिएसपी पाठकले बताए । तीनै किशोरले सामूहिक आत्महत्याको घटनाले गाउँ नै शोकमा डुबेको छ ।