• जेष्ठ ४, २०७९
  • Madan Rajbanshi
  • 0

बिर्तामोड । अघिल्लो स्थानीय चुनावमा राप्रपाले बहुमत जितेको कचनकवल गाउँपालिकामा कांग्रेसका अध्यक्षका उम्मेद्वार कालेन्द्र राजवंशी निर्वाचित भएका छन् ।

उपाध्यक्षमा एमालेका उम्मेद्वार नवराज भट्टराई निर्वाचित भए । सो गाउँपालिकामा कांग्रेस–एमालेले तालमेल गरेर राप्रपालाई शुन्यमा झारेका छन् । कचनकवलमा ६ वटा वडामा कांग्रेस र १ वटा वडामा एमालेले जितेको छ ।

११ हजार ४७७ मत ल्याई कांग्रेसका राजवंशी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी निवर्तमान अध्यक्ष राप्रपाका अन्जरा आलमले मात्र ६ हजार ६६७ मत ल्याए ।

त्यस्तै उपाध्यक्षमा एमालेका नवराज भट्टराई ८ हजार १४३ मतले निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी निवर्तमान उपाध्यक्ष राप्रपाका निमसरी राजवंशीले ६ हजार ८०१ मत प्राप्त गरिन् ।