राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ । ५ लाख १४ हजार ७ सय ६० जना एसईई परीक्षार्थीको नतिजा बोर्डले बुधबार सार्वजनिक गरेको हो । नतिजा सार्वजनिक गर्नुअघि बुधबार दिउँसो नै परीक्षा बोर्डको बैठक बसेको थियो ।
५ लाख १४ हजार ७ सय ६० जना विद्यार्थीले यो वर्ष देशभरका २७ सय परीक्षा केन्द्रबाट परीक्षा दिएका थिए। तीमध्ये दुई लाख ५७ हजार नाै सय २४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र छन् । उनीहरूले दुई हजार सात परीक्षा केन्द्रबाट परीक्षा दिएका हुन् ।
बाेर्डका अनुसार ९ हजार ६ सय ३३ परीक्षार्थीले उच्च जिपिए ३.६ देखि ४.० ल्याएका छन् ।
नेपाल टेलिकमको मोवाइल बाट १६०० माडायल गरि नतिजा हेर्न सकिन्छ भने निम्न वेबसाईट हरुमा लगइन गरेर समेत नतिजा हेर्न सकिन्छ –
www.theconnectplus.com
www.see.edusanjal.com
www.see.ntc.net.np
www.admissionnepal.com