असार १३ काठमाण्डौ । एसईईको नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालको एसईईको नजिता प्रकाशित गरेको हो। बोर्डले २०८१ को एसईईमा नियमिततर्फ सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षामर्थीमध्ये ३.६ देखि ४ जीपीए ल्याउनेहरू ४८ हजार १७७ रहेका छन्।
त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउने ८१ हजार ३८५ जना, २.८ देखि ३.२ जीपीए ल्याउने ९९ हजार १२४ जना, २.४ देखि २.८ जिपिए ल्याउने ४८ हजार ४७९ जना, २ देखि २.४ जीपीए ल्याउने ४ हजार १२६ जना र १.६ जीपीएदेखि २ जीपीएसम्म ल्याउने ८ जना रहेका छन्। त्यस्तै १२६ जनको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ।
कोशी प्रदेशमा ४७ हजार ८३५ मधेश प्रदेशमा ५९ हजार ७४९ बागमतीमा १ लाख १९ हजार ५१७ गण्डकीमा ४७ हजार ८४९ लुम्बिनीमा ५७ हजार ६८७ कर्णालीमा ४६ हजार ४५५
र सुदूरपश्चिम प्रदेशमा ५९ हजार ८०४ जना बिद्यार्थी उतिर्ण भएका छन् ।
बोर्डका अनुसार नेपाल टेलिकमको वेवसाइट तथा १६०० मा एसएमएस गरेर नतिजा हेर्न सकिन्छ। त्यस्तै www.see.gov.np, www.neb.gov.np, www.see.ntc.net.np, एनसेल एपलगायत वेवसाइटबाट नतिजा हेर्न सकिन्छ।