एमाले गौरीगञ्जको अध्यक्षमा कुँवर र सचिवमा गिरी सहित पुरै समिति सर्वसम्मती बाट

पढ्न समय: 1 मिनेट

कार्तिक १२, गौरीगञ्ज । नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) को आसन्न दसौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत गौरीगञ्जमा सम्पन्न प्रथम गाउँपालिका अधिबेशन सर्वसम्मत बाट सम्पन्न भएको छ । अधिबेशनले गोबिन्द कुँवर को सँयोजक मा ७५ सदस्यीय गाउँ कमिटी सर्वसम्मत बाट चयन गरेको छ ।
अध्यक्ष मा गोबिन्द कुँवर उपाध्यक्ष मा रामकृष्ण पन्त, सचिवमा श्रवण गिरी, तथा सह सचिव मा कृष्ण महतो र राजकुमार राजबँशी, सर्वसम्मत बाट चयन भएका छन् । अन्य सदस्य हरुको नामावली भने पार्टी ले सार्वजनिक गरेको छैन् शनिबार सपथ ग्रहण पछि मात्र पुरै समितिको नाम सार्वजनिक गरिने कुरा पार्टी का एक सदस्यले जानकारी दिए।

- Advertisement -
Ad image

चार दिन को प्रयास पछी बल्ल आज गाउँ कमिटी ले सर्वसम्मतीबाट मुर्त रुप पाएको कुरा श्रोतले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्