
असार १०, गौरादह । नेकपा एमाले झापाका अध्यक्ष दीपक कार्कीको गौरादहस्थित घरको ढोका अगाडि फेला परेको कुकर बम जस्तो देखिने शंकास्पद वस्तु डिस्पोज गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चारआलीस्थित सेनाको डिस्पोजल टोलीले उक्त शंकास्पद वस्तुको डिस्पोज गरेका हुन् । झापा प्रहरीका अनुसार सो वस्तु होक्स भएको पुष्टि भएको छ । दमकका डिएसपी दिलिप गिरीले भने- कुकर खाली रहेछ । खाली कुकरमा तार जोडेको पाइयो ।
अध्यक्ष कार्कीले घरको ढोका अगाडि बिहान ५ः३० बजे तार जडित कुकर फेला परेको थियो । उनले पुरानो कुकरमा तार जोडिएको अवस्थामा कुकर फेला परेको भन्दै सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए ।