नेकपा एमालेले गौरीगञ्जमा न्यानो कपडा बितरण गरेको छ । पार्टीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपि शर्मा ओलीको पहल तथा आरएनएन नामक सँस्थाको सहयोगमा एमालेले न्यानो कपडा बितरण गरेको हो । गौरीगञ्ज गाउँपालिकाभरि १ हजार ३ सय ६६ बिपन्न परिवारलाइ न्यनो कपडा बितरण गर्ने लक्ष्य रहेकोमा मँगलबार पहिलो दिन गौरीगञ्ज वडा नँ ४ मा २ सय ५० परिवारलाइ न्यानो कपडा बितरण गरिएको हो ।
बढ्दै गएको शितलहरबाट जनजीवन कष्टकर बन्दै गएपछी बिपन्न परिवारहरुको पहिचान गरि ओढ्ने कम्बल र ओछ्याउने म्याट बितरण गरिएको कुरा पार्टी श्रोतले बताएको छ । मँगलबार वडा नँ ४ स्थित सरस्वती प्राबिको प्राङ्गणमा आयोजित न्यानो कपडा बितरण कार्यक्रममा प्रतिनिधिसभा सदस्य देबेन्द्र दाहाल, प्रतिनिधिसभा सदस्यसुनिता बराल, प्रदेशसभा सदस्य होम थापा, सँबिधानसभा सदस्य दिपक कार्की, गौरीगञ्ज गाउँपालिका उपाध्यक्ष पुजन न्यौपाने कुँवर, इलाका प्रसाशन कार्यालय प्रमुख चुँडामणी आपागाइ वडाध्यक्षहरु फेका गिरी, श्रवण गिरी, लगायतको उपस्थिती रहेको थियो ।