असोज २२ गौरीगञ्ज । झापाको गौरीगञ्ज चोकमा दुइ बिपरित दिसा तर्फबाट आइरहेको मोटरसाइकल एक आपसमा ठोक्किदा तिन जना घाइते भएका छन् । गौरादह बाट गौरीगञ्ज तर्फ आइरहेको मे ११ प १३२१ नँबरको मोटरसाइकल र गौरीगञ्जबाट गौरादह तर्फ गइरहेको मे ८ प ८९७६ नँबरको मोटरसाइकल एकआपसमा ठोक्किदा गौरादह तर्फबाट गौरीगञ्ज तर्फ आइरहेका मोटरसाइकल चालक गौरीगञ्ज ५ निबासी बर्ष ४८ का प्रल्हाद राजवँशी को पाखुरामा चोट लागेको छ । त्यसै गरी गौरीगञ्जबाट गौरादह तर्फ गइरहेका मोटरसाइकल चालक गौरादह ८ निबासी बर्ष २० का सन्देश थापा सामान्य घाइते भएका छन् भने उनको मोटरसाइकलमा सवार उनकी बैनी सन्ध्या थापाको खुट्टामा चोट लागेको कुरा गौरीगञ्ज ट्राफिक इञ्चार्ज साजन कार्की ले जनाएका छन् । घाइतेहरुको स्थानिय मेडिकलहरुमा उपचार भइरहेको बुझिएको छ ।
गगौरीगञ्ज चोकको उत्तर पट्टी ब्यस्त सडकमा देब्रे तर्फ बस पार्किङ गरेर राखिएको र दाहिने तर्फबाट ट्याक्टर आइरहेकोले दुर्घटना भएको कुरा प्रत्यक्ष दर्शीहरुले बताएका छन् । गौरीगञ्जमा बस पार्क हुँदा हुदै पनि सडकमा अब्यबस्थित तरिकाले बस पार्किङ गर्ने प्रबृतिले गौरीगञ्जको ट्राफिक ब्यबस्थामा समस्या आएको कुरा स्थानियहरुले बताएका छन् ।
एक आपसमा मोटरसाइकल ठोक्किदा तिन घाइते
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्