एउटै अस्पताल भवनको दुइ दुइ पटक शिलान्यास

पढ्न समय: 3 मिनेट
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"source_ids":{},"source_ids_track":{},"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":4},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

एउटै अस्पताल भवनको दुइ दुइ पटक शिलान्यास

बैशाख १ झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले सस्तो लोकप्रियताका लागि एउटै अस्पताल २ पटक शिलान्यास गरेका छन् । २०७७ साल मँसिर १५ गते नै आफैले शिलान्यास गरेको गौरादहको अस्पताल भवनको उनले हिज चैत्र ३१ गते दश्रो पटक शिलान्यास गरेका छन् ।
२०७७ मँसिर १५ गते प्रधानमन्त्री ओलीले अनलनइन मार्फत गौरादह गौरीगञ्ज कमल र दमक लगायत देशभरका ३०९ वटा अस्पताल भवनहरुको एकैपटक उद्घाटन गरेका थिए । एमालेको जागरण अभियानमा झापा आएको मौका पारी ओलीले गौरादहको नगर अस्पताल भवनको हिजो दोश्रो पटक शिलान्यास गरेका हुन् ।

- Advertisement -
Ad image

नयाँ पत्रिका दैनिकले लेखेको समाचार अनुसार ४ बर्ष अघि नै शिलान्यास भएपनि जग्गा अभावका कारण भवन निर्माण प्रकृया अघि बढ्न सकेको थिएन भने गौरादह १ मा २ बिघा जग्गा प्राप्त भएपछी गत माघमा बल्ल भवनको ठेक्का लागेको थियो । अहिले भवन निर्माणको काम १५ प्रतिशत भइसक्दा प्रधानमन्त्री ओलीले भवनको शिलान्यास गरेका हुन् ।

गौरादह– १ का वडाध्यक्ष नगेन्द्र भण्डारीका अनुसार अस्पताल निर्माणको काम करिब १५ प्रतिशत सकिएको छ । ‘अस्पताल निर्माणको काम धमाधम भइरहेको छ । करिब १० देखि १५ प्रतिशत काम भएको छ,’ उनले भने । उनले १४ माघ ०८३ मा सक्ने गरी ठेक्का सम्झौता गरिएको बताए । जे एन्ड जे निर्माण सेवा–हेना कन्स्ट्रक्सन दमकले १२ करोड ५९ लाख ७९ हजार ४९८ रुपैयाँमा ठेक्का पाएको छ ।
गौरादहका मेयर छत्रपति सुवेदीले जग्गा नपाएका कारण भौतिक रूपमा शिलान्यास नभएकाले अहिले गरिएको बताए । तर, १५ प्रतिशत प्रगति भएपछि शिलान्यास गरिएको विषयमा भने उनी बोल्न चाहेनन् । ‘अहिले जग्गा प्राप्त भएपछि शिलान्यास गरेका हौँ, अब काम तीव्र गतिमा हुन्छ,’ उनले भने, ‘काम भएपछि शिलान्यास गरेको भनेर तपाईंहरूले लेख्नुहुन्छ । तसर्थ यसबारे बोलिनँ ।’
प्रधानमन्त्री ओलीले निर्माण सुरु भएको उक्त अस्पताल परिसरमा बनाइएको स्तम्भमा छोपिएको शिलालेखको रिबन काटेर हिजो शिलान्यास गरेका छन् । अस्पताल उद्घाटन गर्दै ओलीले अस्पताल शिलान्यासले नयाँ प्रगतिको अभियानमा एउटा सिँढी थपिएको बताए । उनले निर्माणपछि अस्पताल चलेमा ५० शय्यामा स्तरोन्नति गर्न सकिने बताए ।

२०७७ साल मँसिर १५ गते प्रधानमन्त्री ओलीले एकैपटक शिलान्यास गरेका गौरीगञ्ज अस्पतालको भवन २ पटक म्याद थप्दा समेत ८० प्रतिशत मात्र काम सकिएको छ । दोश्रो पटक थपिएको म्याद पनि आउदो असारमा सकिने कुरा गौरीगञ्ज गाउँपालिकाले जनाएको छ । त्यस्तै प्रधानमन्त्री ओलीकै निर्वाचन क्षेत्रमा पर्ने कमल गाउँपालिकामा पनि शिलान्यास भएको अस्पताल बन्न सकेको छैन ।

प्रधानम्त्री ओलीकै जिल्लामा पर्ने कन्काइ पुल र रतुवा पुल बिगत डेढ दशक देखि अलपत्र अवस्थामा रहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्