एउटा वडाध्यक्षको गैर जिम्मेवारीका कारण गौरीगञ्जमा बिशेष गाउँसभा आह्वान

चैत्र २७ गौरीगञ्ज । गत पुस २८ गते गौरीगञ्जमा हिउँदे गाउँसभा बस्यो । हरेक बर्ष असारमा हुने बजेट गाउँसभाको बजेट सँसोधन गर्न हिउँदे गाउँसभा बस्ने नियम छ । गत पुस २८ गत बसेको हिउँदे गाउँसभामा वडा नँ २ देखि वडा नँ ६ सम्मका सबै वडाहरुले आ आफ्नो बजेट सँसोधन गरे तर गत पुसको हिउँदे गाउँसभामा वडा नँ १ का वडाध्यक्ष उपस्थित नै भएनन् । वडा नँ १ का अन्य वडा सदस्यहरु समेत आधा गाउँसभा सक्किसक्दा बल्ल उपस्थित भए । वडा नँ १ का वडाध्यक्ष कार्तिकलाल राजवँशी गत पुसको हिउँदे गाउँसभा मा न त आफै उपस्थित भए न त उनले बजेट सँसोधनको अधिकार कुनै वडा सदस्यलाइ प्रत्यायोजन गरे । जसका कारण गत पुस २८ को हिउँदे गाउँसभामा वडा नँ १ को बजेट सँसोधन हुन पाएन । वडा नँ १ का वडाध्यक्षको गैर जिम्मेवारी पनका कारण अहिले गाउँपालिकाले बिशेष गाउँसभा बोलाउन बाध्य भएको छ ।


वडा नँ १ को योजना सँसोधन गर्न गाउँपालकाले यहि चैत्र २९ गते शुक्रबार बिशेष गाउँसभा बोलाएको छ । वडा नँ १ का वडाध्यक्ष कार्तिकलाल राजवँशीको गैर जिम्मेबारी पनका कारण गाउँपालिकाले बिशेष गाउँसभा बोलाउँदा गाउँपालिकालाइ झण्डै रु २ लाख रुपैया ब्यय भार पर्ने देखिएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज थापाले बिशेष गरी वडा नँ १ को बजेट सँसोधन गर्न चैत्र २९ गते गाउँसभा बोलाइएको बताएका छन् । यद्यपी यहि मौकामा गाउँपालिकाका अन्य केहि योजना तथा बजेट सँसोधन गरिने कुरा उनले बताएका छन् तर गाउँपालिकाका कुन कुन योजना सँसोधन गरिने भन्ने कुरा उनले खुलाउन चाहेनन् ।

गाउँसभा र नगरसभा सञ्चालन कार्यबिधी २०७५ मा सामान्यतया एक बर्षमा २ पटक मात्र गाउँसभा आह्वान गर्ने नियम रहेको छ । पालिकाको बिशेष परिस्थितीमा एक चौथाइ गाउँपालिका सदस्यले गाउँसभाको लिखित माग गर्दा माग गरेको २१ दिन भित्र बिशेष गाउँसभा बोलाउनु पर्ने नियम रहेको छ ।


गाउँसभा बस्दा गाउँपालिकाका उपस्थित ३४ जना जनप्रतिनिधि सहित गाउँसभा सचिवालयलाई समेत भत्ता दिनु पर्ने हुन्छ । गाउँपालिकाले चैत्र २९ गते हुने बिशेष गाउँसभाका लागि कर्मचारीहरुको ७ सदस्यीय जम्बो सचिवालय गठन गरेको छ । जस्मा योजना अधिकृत नारायण प्रसाद चँदारा, प्रशासन अधिकृत बिरेन्द्र खड्का, लेखा अधिकृत मञ्जु भट्टराइ, आन्तरीक लेखा परीक्षक तुलसी तिम्सिना, सुचना प्रबिधि अधिकृत राकेश राजवँशी र कार्यालय सहयोगीहरु दलकुमारी सुवेदी र अमरलाल यादव रहेका छन् । ७ सदस्यिय सचिवालय बाहेक गाउँसभा सचिवका रुपमा प्रमुख प्रशासकीय अधिकृत खेमराज थापा रहने व्यवस्था छ । बिशेष गाउँसभा बस्दा ३४ जनप्रतिनिधि सहित सचिवालय सदस्यहरुको भत्ता, खाना तथा खाजा र मञ्च ब्यवस्थापन सहित गाउँपालिकालाइ झण्डै २ लाख रुपैयाको आर्थिक ब्यय भार पर्ने स्पष्ट देखिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत थापाले बिशेष गाउँसभा बस्दा गाउँपालिकालाइ थप आर्थिक भार पर्ने भएपनि मितब्ययिता अपनाउने कुरा बताएका छन् ।

फुलबती राजवँशी नेतृत्वले गौरीगञ्ज स्थानिय सरकारको बागडोर सम्हाले यता गौरीगञ्जका प्राय सबै गाउँसभाहरु बिबादित रहँदै आएका छन् भने प्रशासनिक बेथिती पनि मौलाउँदै गएको छ ।


गएको आर्थिक बर्षमा गौरीगञ्ज गाउँपालिकाकै इतिहासमा सबैभन्दा थोरै योजनाहरु फरफारक भएको देखिएको छ । गएको आर्थिक बर्षमा पालिका र वडाहरुको गरि जममा ३५ वटा मात्र भौतिक निर्माणका योजनाहरु फरफारक भएको देखिन्छ । जसमध्य ५ वटा भन्दा बढि योजना अझ अधुरो नै छ । यो सँख्या गौरीगञ्ज गाउँपालिकाकै इतिहासमा एक आबमा सबै भन्दा थोरै योजना सम्मपन्न भएको सँख्या हो । यो बर्ष समेत प्रसाशनिक बजेट भन्दा बिकाश बजेटको अनुपात एकदमै न्युन देखिएको छ ।