फागुन १०, मोरङ । आइतबार सदिक्षा बास्तोलाको फेसबुक एकाउन्टबाट लाइभ गरिएको एउटा भिडियो सामाजिक सञ्जालमा भाईरल भयो । जसमा उर्लाबारी प्रहरी ले मृतक ब्यक्तीको ठाउमा अर्कै मान्छेको फोटो हालेर फाइल सरकारी वकिल कार्यालय पठाएर मुद्दा कमजोर बनाइ हत्या आरोपित लाइ उन्मुक्ति दिएको कुरा पिडित परिवार ले दाबि गरेका थिए । भिडियो भाइरल भएपछि प्रहरी बिरुद्ध आज दिन भर मृतक का पिडित परिवार र स्थानीय हरुले ईलाका प्रहरी कार्यालय उर्लाबारी घेराउ गरेका थिए । ज्यान सम्बन्धि कसुर आरोपितलाई प्रहरीले छोडेपछि मोरङको उर्लावारी–५ का ३१ वर्षीय प्रविन बास्तोला मृत्यु प्रकरण रहस्यमय बनेको छ । गत पुस ५ गते बास्तोलाको मृत्यु भएको थियो । घटनापछि मृतकका बुबा प्रेमप्रसाद बास्तोलाले पुस २२ गते उर्लावारी–६ का राजेश रणपहेली विरुद्ध किटानी जाहेरी दिएका थिए । इलाका प्रहरी कार्यालय उर्लाबारीमा पुस ९ गते यो घटना ज्यान सम्बन्धी कसुर दर्ता किताबको ६७ नम्बरमा उल्लेख गरिएको थियो । तर, प्रहरीले फरेन्सिक प्रतिवेदन आउन ढिलाई भएको भन्दै पक्राउ गरिएका रणपहेलीलाई गत माघ २ गते नै छोडिदिएको थियो । प्रहरीले कानुन बमोजिम २५ दिन थुनामा राखेर अनुसन्धान गर्ने अवधी पूरा भएको भन्दै छोडेको हो ।
जिल्ला सरकारी वकिलको कार्यालयको निर्देशन बमोजिम प्रतिवादी छोडिएपछि आफन्तले घटनामा प्रहरीको मिलेमतो आशंका गरेका थिए । तर, मृतकका परिवार र आफन्तलाई चित्त नबुझेपछि पछिल्लो समय प्रहरीको अनुसन्धानमा शंकास्पद मृत्यु भएका व्यक्तिको मिसिलमा असम्बन्धित फोटो संलग्न गरेको भेटिएपछि प्रहरीले घटना ढाकछोप गर्न भुमिका खेलेको रहस्य खुलेको छ ।
अनुसन्धान प्रभावकारी नभएको र आरोपित व्यक्तिले उन्मुक्ति पाएको भन्दै आइतबार पीडित परिवार र स्थानीयवासीले जिज्ञासा माग्दा प्रहरीले लापरवाही गरेको पाइएको हो । मिसिलमा समावेस गरिएको मृतकको तस्बीरमा चाँदीको सिक्री लगाएको पाइएपछि स्थानीयले केहिबेर इलाका प्रहरी कार्यालय घेराउ गर्नुका साथै प्रहरी विरुद्ध नारावाजी पनि गरेका थिए । त्यहि क्रम सोमबार समेत पीडित र स्थानीयवासीले कायम राखेका छन् ।
मृतक फेला पर्दा उनको गलामा सिक्री थिएन । यद्यपि प्रहरीले अनुहार नै नचिनिने गलामा सिक्री लगाएको तस्वीर घटना मुचुल्कामा संलग्न गरेको पाएपछि स्थानीय आक्रोशित बनेका हुन् । परिवारका अनुसार सुरुमा प्रहरीले दोषी पत्ता लगाउने आश्वासन दियो । तर, अहिले घटनाका आरोपित सबैलाई छोडिदिएको छ । मृतक प्रविणका बुबा प्रेमले भने –४ गते घरबाट निस्किएको छोरो ५ गते ११ बजे तिर मर्यो अरे भनेर अज्ञात नम्बरको फोनबाट खबर आयो । ‘कहाँ मर्यो, कसरी मर्यो कसले मार्यो ,हामी परिवारका सदस्यलाई केही थाहा भएन । प्रहरी पनि प्रत्येक पटक अलग अलग बयान दिन्छ । मर्ने त मर्यो तर न्याय मर्नु भएन नि’ – उनले भने । छोराको शव मृत अवस्थामा गोदावारी अस्पतालमा भेटिएपछि परिवारले प्रविणलाई त्यहाँसम्म कसले ल्यायो भन्ने सम्म थाहा छैन ।
जिल्ला प्रहरी कार्यालय मोरङले घटनाको सम्बन्धमा छानविन गर्न प्रहरी नायव उपरीक्षक मानबहादुर राईको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । आइतबार स्थानीयले इलाका प्रहरी कार्यालय उर्लाबारी घेराउ गरेपछि प्रहरीले छानविन समिति गठन गरेको हो । जिल्ला प्रहरी कार्यालयले बास्तोला मृत्यु प्रकरणको अनुसन्धानमा घटनाको तथ्यहरुमा तात्विक फरक पर्ने गरि प्रमाण संकलन र नष्ट गरि कसुरदारलाई उन्मुक्ति दिने गैह्रव्यवसायिक काम गरेको पाइएमा अनुसन्धान अधिकृतलाई कारवाही गर्ने दावी गरिएको छ । प्रहरीले सम्बन्धित इलाका इन्चार्ज, अनुसन्धान अधिकृत, प्रहरी कर्मचारी समेतलाई कारवाही गरिने भन्दै घटनाको अनुसन्धान नयाँ प्रक्रियाबाट गर्ने विज्ञप्तीमार्फत जानकारी दिइएको छ ।
मोरङ प्रहरीका प्रहरी उपरीक्षक सन्तोष खड्काले घटनाको सुरुवाती फेहरिस्तदेखि अहिलेसम्मको अवस्थाको अनुसन्धान गर्ने गरि टोलि घटाइएको जानकारी दिए । प्रहरीले जिल्ला सरकारी वकिलको रायका आधारमा जिम्मा जमानीमा छोडेको हो, पूर्ण उन्मुक्ति दिएको हैन, उपरीक्षक खड्काले भने – घटनाको अनुसन्धानमा त्रुटी रहेको पाइएमा संलग्न प्रहरीलाई कारवाही हुन्छ । घटनामा पीडित पक्षको दावी अनुसारको कर्तव्य हो वा हैन भन्ने कुरा समेत डिएसपीको कमाण्डमा खटिएको टोलिले नयाँ चरणको अनुसन्धान गर्नेछ ।
मोरँग उर्लाबारी प्रहरीले मिसिलमा मृतकको फोटो फेरे पछी डिएसपी को नेतृत्वमा छानबिन समिती