पुजन न्यौपाने भरखर ३८ बर्ष पुगिन् । पहिले नेपाली बिषयमा स्नातकोत्तर (एमए ) थालेकी उनले पछि शिक्षा बिषयमा स्नातकोत्तर (एमएड) सम्मको अध्ययन पुरा गरेकी छिन् । अहिले उनि युवा पुस्ताहरुको प्रतिनिधित्व गर्दै नेकपा एमाले बाट गौरीगञ्ज गाउँपालिकाका लागि उपाध्यक्ष पदमा चुनावी प्रतिस्पर्धामा उत्रिएकी छिन् । गौरीगञ्ज गाउँपालिकाका लागि उपाध्यक्ष पदमा मनोनयन दर्ता भएका उम्मेद्वारहरु मध्ये मै उनि सबै भन्दा बढि पढेलेखेकी शिक्षित तथा सुझबुझ भएकी उम्मेद्वार हुन् ।
केहि समय अघि उनि आप्रवासन श्रोत केन्द्र गौरीगञ्जमा प्रमुख काउन्सेलरका रुपमा कार्यरत थिइन । उनि त्यहा कार्यरत हुँदा बैदेशिक रोजगारीका क्रममा बिदेशी भुमीमा दुख पाएका करिब दुइ दर्जन भन्दा बढि युवाहरुलाइ सुरक्षित साथ उद्दार गर्न सफल भएकी थिइन् । आप्रवासन श्रोत केन्द्रमा छोटो समयका लागि सेवा गर्नु पुर्व उनि तत्कालिन महाभारा गाबिस (हाल गौरीगञ्ज गाउँपालिका वडा नँ १ ) मा उनि सामाजिक परिचालकका रुपमा सेवारत थिइन । तत्कालिन महाभारा गाबिसमा लामो समय सामाजिक परिचालकका रुपमा आम जनताको घरदैलो चहार्दा चाहार्दै उनले गाउँघरका दुख पिडा र बेदना भोगाइहरुमा झनै निखारिइन् , तिखारिइन र परिपक्व भइन् । जसको फल स्वरुप उनि छोटो समयमा भएपनि आप्रवासन श्रोत केन्द्रलाइ सहजताका साथ डोर्याइन र त्यहा सहयोग खोज्दै आउने हरकोहिलाइ बैदेशिक रोजगारीको पिडाको दलदलबाट सुरक्षित साथ उद्दार गर्न सफल भइन् ।
बैदेशिक रोजगारीका क्रममा मलेसियामा अलपत्र परेर पुजनकै अथक प्रयास पछी नेपाल फर्कन सफल गौरीगञ्ज ४ भवानीपुरका मिट्ठन गिरीले उनको यो गुणलाइ कहिल्यै बिर्सन नसक्ने बताउछन् । उनि भन्छन् – आफु मलेसियामा अलपत्र परेको बेला मेरो पुरै परिवार मानसिक तनाव बाट गुज्रिरहेको थियो त्यसबेला मेरो परिवार लाइ मानसिक तनाव बाट मुक्त गर्न र मलाइ मलेसियाबाट सुरक्षित रुपमा नेपाल फर्काउन पुजन दिदीले जुन भुमिका खेल्नु भयो त्यो म जीवन भर भुल्ने छुईन । मिट्ठन गिरी एउटा उदाहरण मात्र हो । त्यो बेला बैदेशि रोजगारीका क्रममा बिदेशमा अलपत्र परेका गौरीगञ्ज र आसपासका दर्जनौ युवाको जीवनमा सहारा बनेर उनि उभिएकी थिइन् ।
उनि प्रबिधि मैत्रि शिक्षालाइ आजको आधारभुत आवश्यक्ता ठान्छिन । शिक्षामा आधुनिकिकरण नभए सम्म जस्तो सुकै बिकास पनि दिगो हुन नसक्ने उनको बुझाइ छ । यहि आवश्यक्तालाइ बुझि उनि गौरीगञ्ज गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भए गौरीगञ्ज गाउँपालिका भित्रका सम्पुर्ण सामुदायिक बिद्यालयहरुको शिक्षण बिधि लाइ प्रविधि मैत्रि बनाउने र शिक्षामा आधुनिकिकरण ल्याउने उनको चाहाना छ । यस बाहेक उनि युवा स्वरोजगार र बैदेशिक रोजगारीमा जाने युवाहरुलाइ स्वदेशमै आकर्षित गर्न बर्षेनी सिप मुलक कार्यक्रम र लोकसेवा तथा शिक्षा सेवा लगायतका निशुल्क कक्षाहरु बर्षेनी सञ्चालन गर्न चाहन्छिन् । उनि भन्छिन – म गफ गर्दिन काम गरेर देखाउछु ।