उपाधिका लागि आज नेपाल र बंगलादेश भिड्दै

पढ्न समय: 1 मिनेट

माघ २६, काठमाडौं । साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा आज नेपाल, आयोजक बंगलादेशसँग भिड्दैछ ।

ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा उपाधिका लागि आयोजक टिम बँगलादेश सँग नेपाली टिम प्रतिस्पर्धा गर्दैछ । नेपाल र बंगलादेशबीचको फाइनल खेल साँझ पौने ६ बजे सुरु हुनेछ।

- Advertisement -
Ad image

राउण्ड रोबिनको आधारमा भएको प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेको हो। नेपाल दोस्रो स्थानमा रहेर फाइनल पुगेको हो। बंगलादेश भने शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो।

आफ्नो पहिलो खेलमा बंगलादेशसँग पराजित भएको नेपालले दोस्रो खेलमा भने भुटानलाई हराएको थियो । हारपछि भारत भने तीन खेलबाट चारै अंकमा सीमित रह्यो । भारतले भुटानलाई हराएयता बंगलादेशसँग बराबरीमा रोकिएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्